arrow

साउदीमा सामाजिक सञ्जाल चलाउने महिलालाई ४५ वर्षको जेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १६ बिहिबार
saudi-arabia-final.jpeg

काठमाडौं । साउदी अरेबियाले  सामाजिक सञ्जाल प्रयोग गरेर देशलाई नोक्सान पुर्‍याएको आरोपमा एक महिलालाई ४५ वर्षको जेल सजाय सुनाएको छ । साउदी अरबमा यो दोस्रो यस्तो घटना हो ।

साउदी अरेबियाको एक आतङ्कवाद अदालतले नौरा बिन्त सईद अल-काहतानीलाई सामाजिक सञ्जाल मार्फत सामाजिक पूर्वाधारमा खलल पुर्‍याउने प्रयास गरेको र सरकारी आदेशहरूको उल्लङ्घन गरेकोमा दोषी ठहर गरेको छ । साउदी अरबको सबैभन्दा ठूलो जनजातिसँग सम्बन्धित नौराविरुद्ध कुनै रेकर्ड उपलब्ध छैन ।

यसअघि ९ अगस्टमा अर्की एक महिलालाई ट्विटरमा गरेको गतिविधिमा ३४ वर्षको जेल सजाय सुनाइएको थियो । यी महिला लीड्स विश्वविद्यालयमा पीएचडी गर्न लगेकी विद्यार्थी थिइन्। 

उनी यसैवर्षको जनवरीमा साउदी अरबमा छुट्टी मनाउने क्रममा पक्राउ परेकी थिइन । सलमा शाहाबलाई सरकारी आदेशको उल्लङ्घन लगायत अन्य कैयौं आरोपमा दोषी ठहर गरिएको थियो । 

उनीहरूलाई आतङ्कवाद विरोधी र साइबर अपराध विरुद्धको कानुन अन्तर्गत कारबाही गरिएको छ । गत वर्षदेखि सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा केही अन्य महिला पनि पक्राउ परेका छन् । अब उनीहरूलाई पनि कडा सजाय हुने आशङ्का गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ