arrow
ADVERTISEMENT

बन्दुक निषेध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १६ बिहिबार
bullet-goli.jpg

न्यूयोर्क । अमेरिकास्थित न्यूयोर्क महानगरको व्यापारिक एवम् प्रमुख पर्यटकीय गन्तव्य टाइम्ज स्क्वायरमा बन्दुकलगायत हतियार लैजान नपाइने भएको छ । निकट भविष्यमा उक्त क्षेत्रमा बन्दुक निषेध गरिने अधिकारीहरूले बताएका छन् । 

बन्दुक बोक्ने अनुमति पाएकाहरूलाई पनि उक्त स्थलमा हतियार लैजान निषेध गरिने न्यूयोर्क महानगरका प्रमुख एरिक एडम्सले बताएका छन् । टाइम्ज स्क्वायरलाई संवेदनशील क्षेत्रका रूपमा विकास गरिने तथा अब त्यहाँ रहेका विज्ञापन सङ्केतहरूमा पनि ‘टाइम्ज स्क्वायर संवेदनशील एवम् बन्दुकमुक्त क्षेत्र’ देखिने उनले वासिङटन टाइम्जलाई उनले बताए । 

कानूनद्वारा अधिकारप्राप्त व्यक्तिले विशेष परिस्थितिमा मात्र त्यहाँ बन्दुक बोकेर जानसक्ने उनले स्पष्ट गरेका छन् । यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि देशमा बन्दुक हिंसा बढेको भन्दै बन्दुकमाथि प्रतिबन्ध लगाउन आफू प्रतिबद्ध रहेको बताए । 

टेनिसी राज्यको मेम्फीसमा बुधबार एकजना प्रहरी अधिकारीलाई गोली हानेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । मेम्फीसका प्रहरी प्रमुख सिजे डेभिसका अनुसार गत वर्षको तुलनामा यो वर्ष दुई हजारभन्दा बढी हतियार बरामद भएका छन् । 

उता डेट्रोइटमा  गत आइतबार एकजना किशोरले गोली चलाउँदा तीन जना मारिएका र अभियुक्तलाई हिरासतमा लिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ