arrow

राष्ट्रिय सभामा नागरिकता विधेयकमाथिको छलफल जारी, शुक्रबार पारित हुने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १६ बिहिबार
rastriyasabha-2079-05-16.jpg

काठमाडौं । राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफल राष्ट्रियसभाको अर्को बैठकमा पनि जारी रहने भएको छ ।

बिहीबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदको बोल्नेक्रम नसकिएकाले राष्ट्रियसभाको अर्को बैठकमा पनि छलफल जारी रहने जानकारी दिए । अर्को बैठक भदौ १७ गते शुक्रबार दिउँसो २ः ५९ बजे बस्ने गरी बिहीबारका लागि स्थगित भएको हो । 

उक्त विधेयकमाथिको छलफलमा भाग लिएर सांसद जीतेन्द्रनारायण देवले प्रमुख प्रतिपक्षी दलले नागरिकता विधेयकका सन्दर्भमा राजनीति गरेको आरोप लगाए । 

केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश ल्याउँदा वैवाहिक अङ्गीकृत नागरिकताको विषय किन ल्याइएन भनी उनले प्रश्न गरे  । उनले त्यसको जवाफ दिन पनि माग गरेका छन् । 

सांसद देवले अहिलेको विधेयक संविधानसम्मत रहेको पनि स्पष्ट पारे । बैठकमा बोल्ने एमालेका सांसदहरुले सरकारलाई आरोप लगाइरहेका थिए भने सत्तारुढ दलका सांसदहरुले विपक्षी एमालेलाई । 

अध्यक्ष तिमिल्सिनाले वक्ता सांसदहरुलाई बोल्नका लागि समयको पाबन्दी नलगाएका कारण एकै सांसदले लामो समय आफ्ना विचार राखेका थिए । 

बोल्न बाँकी रहेका सांसदले शुक्रबारको बैठकमा बोलेर त्यसपछि नागरिकता विधेयक पारित गर्ने सम्भावना रहेको छ । बिहीबारकै दोस्रो बैठकले पारित गर्ने सम्भावना रहेको भए पनि वक्ताहरु नसकिएका कारण शुक्रबारका लागि सारिएको हो । 

प्रतिनिधि सभा र राष्ट्रिय सभाले यसअघि नै पारित गरेको विधेयक राष्ट्रपति कार्यालयमा पुगेको भए पनि राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाएकी थिइन् । त्यसपछि दोस्रो पटक प्रतिनिधि सभाले विधेयक हुबहु पारित गरेको छ भने राष्ट्रिय सभामा पारित हुने क्रममा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ