arrow

मुलगेटमै अर्जेन्टिनाकी उपराष्ट्रपतिमाथि गोली हान्ने प्रयास

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १७ शुक्रबार
Cristina-Kirchner.jpg

काठमाडौं । अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरमाथि हत्याको प्रयास असफल भएको छ । बिहीबार उनलाई एक व्यक्तिले गोली हान्न खोजेका थिए ।

उपराष्ट्रपतिलाई आफ्नो घर फर्कने क्रममा गोली हान्न खोजेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । फर्नान्डिसको घरको मुलगेटमा रहेका आरोपित ३५ वर्षीय फर्नान्डो सबाक मोन्टिएले उपराष्ट्रपतिलाई घर फर्कने क्रममा गोली हान्न खोजेका थिए। 

स्थानीय सञ्चारमाध्यमले मोन्टिए ब्राजिलियन भएको बताएका छन् । बन्दुक जामका कारण मोन्टिएले गोली चलाउन नसकेको र क्रिस्टिनाको ज्यान जोगिएको छ ।

क्रिस्टिना सन् २००७ देखि २०१५ सम्म अर्जेन्टिनाको राष्ट्रपति थिइन् । उनको कार्यकालमा भ्रष्टाचार गरेको आरोप छ । उनको घरबाहिर ठूलो सङ्ख्यामा मानिसहरू यस विषयमा विरोध प्रदर्शन गरिरहेका छन् ।

आक्रमणकारी समर्थकहरूको भीडबाट बाहिर निस्के र क्रिस्टिनाको नजिक पुगे । त्यसपछि उनको अटोग्राफ माग्न थाले। यसपछि उनले बन्दुक निकालेर उपराष्ट्रपतिमाथि चलाउने प्रयास गरे तर बन्दुक जामका कारण क्रिस्टिनाको ज्यान जोगियो ।

क्रिस्टिनाको विरोधमा सयौं कार्यकर्ता जुन्कल र उरुग्वेको सडकमा एक हप्ताभन्दा बढी समयदेखि भेला भएका छन् ।  उपराष्ट्रपतिमाथि भएको आक्रमणको निन्दा गर्दै दुर्घटनाको तत्काल छानबिन गर्न विपक्षी दलहरूले पनि माग गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ