arrow

ताइवानको सत्तारुढ दलले तनाव बढाउन खाजेको चीनको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १७ शुक्रबार
Zhao Lijian.jpg

काठमाडौं । चीनको विदेश मन्त्रालयले शुक्रबार ताइवानको सत्तारूढ पार्टीले तनाव बढाउन खोजेको आरोप लगाएको छ । यस हप्ता ताइवानले एक चिनियाँ ड्रोनमाथि चेतावनीमूलक गोली चलाएको थियो भने, अर्काे चिनियाँ ड्रोन गोली हानेर खसालेको थियो ।

'डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीको तनाव बढाउने प्रयासको कुनै अर्थ छैन,' ड्रोनको गोलीबारीको बारेमा सोधिएको प्रश्नको जवाफमा विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले नियमित प्रेस ब्रीफिंगमा बाल्दै भनेका छन् ।

बिहीबार चीनको तट नजिक रहेको ताइवानी टापुमा आएको चिनियाँ ड्रोनलाई ताइवानले खसालेको थियो ।

ताइवानका प्रिमियर सु त्सेङ चाङले बारम्बारको चेतावनीपछि गोली हान्नु नै सबैभन्दा 'उचित' विकल्प भएको बताएका छन् । यस्तै उनले चीनले संयमता अपनाउनुपर्नेसमेत बताएका छन् ।

चिनियाँ ड्रोन भएको भनिए पनि चीन वा ताइवान कुनै पनि पक्षले उक्त ड्रोन चीनबाट आएको खुलाएका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ