arrow
ADVERTISEMENT

युक्रेनलाई दिँदा अमेरिकी गोलाबारुदको भण्डार घट्यो, पेन्टागनका अधिकारी चिन्तामा

युक्रेनलाई दिँदा दिँदा अमेरिकी गोलाबारुदको भण्डार रित्तिदै, पेन्टागनका अधिकारी चिन्तामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १७ शुक्रबार
himars.jpg

काठमाडौं। अमेरिकाले रुसविरुद्ध लड्न युक्रेनलाई हातहतियार उपलब्ध गराउँदा उसको आफ्नै भण्डारमा कमी आएको वालस्ट्रिट जर्नल (डब्ल्यूएसजे)ले रिपोर्ट गरेको छ। अमेरिकी रक्षा अधिकारीहरुले जानकारी दिए अनुसार युक्रेनलाई हातहतियार एवं गोलाबारुद दिन थालेको अमेरिकाको आफ्नो भण्डार उल्लेखनीय रूपमा घटेको हो।

पेन्टागनले भण्डारण फेरि भर्न नथाल्दा यो अभावले अप्रत्याशित खतराहरूको सामना गर्न अमेरिकी सेनाको तयारीमा समेत गम्भीर असर पार्न सक्ने सुरक्षा अधिकारीहरुको चिन्ता छ।

१५५ मिलिमिटर (१५.५ सेन्टिमिटर, ६.१ इञ्च)को गोली बारुद (बन्दुकको गोली)को भण्डार न्युन स्तरमा घटेको बिषयलाई लिएर अधिकारीहरु चिन्तित बनेको डब्ल्यूएसजेले रिपोर्ट गरेको छ। डब्ल्यूएसजेले एक नाम नखुलाइएका अधिकारीलाई उद्घृत गर्दै 'हामी युद्धमा जान नचाहेने स्तरमा पुगेको' बताएका छन्।

१५५ मिलिमिटरको गोली अमेरिकी निर्मित एम७७७ होविट्जरबाट प्रहार गर्न सकिन्छ । होविट्जर लामो दूरीमा प्रहार गर्न सकिने हतियार हो। यसबाट दर्जनौं माइल टाढाको लक्ष्यमा सही प्रहार गर्न सकिन्छ। अगस्ट २४ सम्म अमेरिकी सेनाले युक्रेनलाई ८ लाख ६ हजार राउण्ड यो गोला बारुद उपलब्ध गराएको डब्लुएसजेले जनाएको छ।

अमेरिकाले पठाइरहेको अन्य हतियारहरूमा रकेट लन्चर (हिमार्स), बन्दुक, ड्रोन, मिसाइल र अन्य उपकरणहरू समावेश छन्। अगस्ट महिनाको सुरुवातमा पेन्टागनले युक्रेनका लागि थप हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम (हिमार्स) सहित १ अर्ब डलरको नयाँ सैन्य सहायताको घोषणा गरेको थियो।

यस प्याकेजमा रुसी विमान र रकेटहरू विरुद्ध रक्षाका लागि सतहबाट हावामा मार हान्ने क्षेप्यास्त्रहरू, थप जेभलिन एन्टि आर्मर रकेटहरू र अन्य गोला बारुदहरू समेत समावेश छ।

त्यसको हप्तादिन जति पछि अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार युक्रेनको स्वतन्त्रता दिवसको अवसरमा कीभलाई लगभग ३ अर्ब डलरको थप सैन्य सहायता गर्ने घोषणा गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ