arrow

उपेन्द्र यादव मोरङ ५ मा उम्मेदवारीका लागि सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १७ शुक्रबार
upendra-yadav-president-jasapa.jpg

 मोरङ । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादव मोरङको निर्वाचन क्षेत्र–५ मा प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस भएका छन् । 

पार्टीद्वारा शुक्रबार जारी विज्ञप्तिमा अध्यक्ष यादवसहित सोही क्षेत्रका लागि  प्रदेश–१ का स्वास्थ्यमन्त्री जयराम यादव, सञ्जय सिंह, राजकुमार यादव र खुर्सिद हविब इराकीको नाम सिफारिस गरिएको जनाइएको छ ।

यस्तै प्रदेशसभातर्फ मोरङ क्षेत्र–५ (क) बाट प्रत्यक्षको उम्मेदवारमा पत्रालाल मण्डल, प्रमोद शर्मा, कमला साह र प्रकाश मण्डल गनगाईंको नाम सिफारिश भएको स्वास्थ्यमन्त्री यादवले बताए । 

यसैगरी क्षेत्र–५ (ख) मा स्वास्थ्यमन्त्री यादवलाई प्रदेशसभाको उम्मेदवारमा पनि सिफारिस गरिएको छ । सो क्षेत्रमा अमृत महतो, दिनेश साह, विनिता सिंह र मन्तलाल यादवको नाम पनि पार्टीले सिफारिस गरेको बताइएको छ ।

मोरङ क्षेत्र–४ प्रतिनिधिसभाको प्रत्यक्षतर्फका लागि मृत्युञ्जय झा र समानुपातिकतर्फ रामचन्द्र झाको नाम रहेको छ भने मोरङ निर्वाचन क्षेत्र–४ (ख) मा प्रत्यक्षतर्फ सञ्जय सिंह र समानुपातिकतर्फ रञ्जु बर्मा र गीता यादवको नाम सिफारिस गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ