arrow

ताइवानलाई हतियार बेच्ने निर्णय फिर्ता लिन अमेरिकालाई चीनको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १९ आइतबार
china-US-trade-war.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले ताइवानलाई १.१ अर्ब अमेरिकी डलर भन्दा बढीको हतियार बिक्री गर्न स्वीकृत गरेको निर्णय खारेज गर्न चीनले चेतावनी दिएको छ । चिनियाँ दूतावासका प्रवक्ता लिउ पेन्ग्युले शनिबार चीनले 'चीन-अमेरिका सम्बन्ध र ताइवान स्ट्रेटमा शान्ति र स्थिरतालाई गम्भीर रूपमा खतरामा पार्ने' बिक्रीको 'घोर विरोध' गरेको भन्दै यो निर्णय 'तत्काल रद्द' गर्न  वाशिंगटनलाई आह्वान गरेका छन् ।

शुक्रबार अमेरिकी संसदले ताइवानलाई ६० वटा एन्टी शिप मिसाइल र १०० वटा हावाबाट हावामा मार हान्ने मिसाइल लगायतका हतियार बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो । त्यसपछि चिनियाँ पक्षबाट चेतावनी आएको हो ।

अमेरिकी विदेश मन्त्रालयले टापुमा रक्षात्मक हतियारहरू उपलब्ध गराउने लामो समयदेखि अमेरिकी नीति अनुरूप यो बिक्री रहेको बताएको छ । यस्तै अमेरिकी विदेश मन्त्रालयले यो ताइवानको सुरक्षाको लागि आवश्यक भएको भन्दै टिप्पणी गरेको छ ।

तर चीनले अमेरिकाले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाएको छ ।

चीनको कम्युनिष्ट पार्टीले एक स्वशासित टापु ताइवानलाई आफ्नो क्षेत्रको एक हिस्साको रूपमा मान्ने गरेको छ ।  चीनले बल प्रयोग गरेरै भए पनि ताइवानलाई एकीकरण गर्ने बताउँदै आएको छ ।

'अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्छ र ताइवानलाई हतियार बेचेर चीनको सार्वभौमसत्ता र सुरक्षा हितलाई कमजोर बनाउँछ,' लिउले ट्वीट गर्दै भएको छ ।

'यसले ताइवानको स्वतन्त्रता पृथकतावादी शक्तिहरूलाई गलत संकेतहरू पठाउँछ र चीन-अमेरिका सम्बन्ध र ताइवान स्ट्रेटमा शान्ति र स्थिरतालाई गम्भीर रूपमा खतरामा पार्छ,' लिउले भनेका छन् ।

उनले अमेरिकालाई 'एक-चीन सिद्धान्तप्रतिको आफ्नो प्रतिबद्धताको सम्मान गर्न' आह्वान गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ