- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । थापाले प्रतिनिधि प्रदेश सभाको निर्वाचनपश्चात कांग्रेसको नेतृत्वमा सरकार बन्नेमा कुनै अलमल नभएको दाबी गरे ।
उनले भने, "हामीहरु केही दिनमा उम्मेद्वारी चयन गरेर जुट्छौं । अहिले त गठबन्धन भएकोले को–कहाँ लड्ने तालमेल मिलाउँदैछौं । अहिले सम्पूर्ण ध्यान त्यसमा छ । केही दिनपछि हाम्रो ध्यान उम्मेद्वारी चयनमा हुन्छ । त्यसपछि हाम्रो चुनावी अभियान हुन्छ । यो पटक निर्वाचन पनि जित्छौं हामी, हाम्रै नेतृत्वमा सरकार बन्छ, त्यसमा कुनै अलमल भएन ।"
प्रशासन, व्यवस्थापन र विकास केन्द्र (कामाद) को २० औं साधारण सभामा बोल्दै थापाले गठबन्धनका दलहरुबीच सिट बाडँफाँट टुंगो अन्तिम चरणमा पुगेको बताए । उनले आफूहरुको सम्पूर्ण ध्यान उम्मेद्वारी चयनमा रहेको बताउँदै छिट्टै नै उम्मेद्वार तय गरेर चुनावी अभियानमा जाने जिकिर गरे ।
उनले कांग्रेसबाट निर्वाचित स्थानीय तहलाई सक्षम बनाउन ‘स्थानीय सरकार सवलीकरण तथा अनुगमन इकाइ’ गठन गर्ने तयारी गरेको जानकारी दिए ।
उनले स्थानीय तहका जनप्रतिनिधिहरुलाई निरन्तर र सशक्त बनाउन महत्वपूर्ण भूमिका विश्वास व्यक्त गरे ।