arrow

बाढीको कहरमा पाकिस्तानः १३ सयको मृत्यु, १४ लाख घरमा क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १९ आइतबार
pakistan-flood-balochistan.jpg

इस्लामाबाद । पाकिस्तानमा आएको विनाशकारी बाढीका कारण देशमा करिब १ हजार ३ सय जनाको मृत्यु भएको छ भने राहत कार्य जारी रहेको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले दिएको जानकारीअनुसार विगत २४ घण्टामा २९ जनाको ज्यान गएपछि जुनदेखि मृत्यु हुनेको संख्या १,२९० पुगेको छ ।

यसैबीच, पाकिस्तानका सरकारी निकाय र निजी गैरसरकारी संस्थाहरूले उद्धार तथा राहात जारी राखेका छन् । बाढीका कारण देशको एकतिहाई भूभाग जलमग्न छ । बाढीबाट विशेषगरी बलुचिस्तान, दक्षिणमा बलुचिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्तहरू प्रभावित छन् । 

बाढीले १४ लाख ६८ हजार ९१ घरहरु आंशिक वा पूर्ण रुपमा क्षेतिग्रस्त भएका छन् भने ७ लाख ३६ हजार ४५९ पशुचौपाय मारिएका छन् । आन्तरिक विस्थापनका कारण अहिले बलुचिस्तान, खैबर पख्तुनख्वा, सिन्ध र पञ्जाबमा ५ लाखभन्दा बढी मानिस राहत शिविरमा बसिरहेका छन् । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ