arrow

सत्ता गठबन्धन कुनै पनि हालतमा टुट्दैन : सहमहामन्त्री परियार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १९ आइतबार
jiwan_pariyar.jpg

पोखरा । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सत्ता गठबन्धन आगामी निर्वाचनसम्म नै जाने बताएका छन् । कांग्रेस कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धनका विषयमा अनेक किसिमका भ्रमहरु सृजना गरिंदै आएको भए पनि त्यसमा सत्यता नभएको स्पष्ट पारे । उनले भने, ‘सबै जना ढुक्क भएर निर्वाचनमा केन्द्रित हुँदा हुन्छ, गठबन्धन कुनै पनि हालतमा टुट्दैन ।’

सत्ता गठबन्धन भत्काउन देशी, विदेशी शक्तिहरु लागेपनि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर सुझबुझपूर्ण तरिकाले काम गरेकाले गठबन्धन निकै दह्रो भएको स्पष्ट पारे । नेताहरु सिट बाँडफाँटका विषयमा घनीभूत रुपमा छलफल गरिरहेको भन्दै सहमहामन्त्री परियारले सिटको टुंगो छिट्टै लाग्ने बताए । 

‘सिट बाँडफाँटमा ठ्याक्कै यही भएको छ भन्न सकिने अवस्था नभए पनि तथापि हामीहरु अन्तिम चरणमा पुगेको मैले सूचना पाएको छु’, उनले भने ।

पार्टीका केन्द्रीय सदस्य एवं जनताको साथमा कांग्रेस अभियानका कास्की संयोजक प्रदीप पौडेलले नेपाली कांग्रेसको सबै संरचनालाई निर्वाचनमा परिचालन गर्न अभियान सञ्चालन गरिएको बताए । 

स्थानीय तहको निर्वाचनमा भएका कमिकमजोरीलाई यसै अभियानमार्फत सुधार गरिने भन्दै उनले अभियानबाट आएका सझावकै आधारमा पार्टीको केन्द्रीय घोषणापत्र तयार गरिने उनले स्पष्ट पारे ।

गठवन्धनलाई विचार र नीतिसंग जोड्न अभियान फलदायी हुने उनको विश्वास छ । 

कास्की कांग्रेसका उपसभापति युवराज कुँवरको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव भानु ढकालले गरेका थिए ।

कांग्रेसले भदौ २१ गते कास्कीका ७२ वटै वडामा एकै साथ अभियान सञ्चालन गर्ने जनाएको छ । साथै भदौ २४ गते सबै वडामा प्रशिक्षण कार्यक्रम गर्ने स्पष्ट पारेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ