arrow

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान अब्बल : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १९ आइतबार
Krishna_chandra_nepali.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान अब्बल बन्दै गएको बताएका छन् । आइतबार शाखा अधिकृतस्तरका कर्मचारीको सेवाकालीन तालिमको सुरुआत कार्यक्रममा उनले प्रतिष्ठानको छुट्टै महत्व रहेको बताए । 

प्रतिष्ठानले आइएसओ प्रमाणपत्र पनि प्राप्त गरिसकेको छ । मुख्यमन्त्री पोखरेलले आज नै आइएसओ प्रमाणपत्र सार्वजनिक गरे । प्रमाणपत्रले अरु प्रदेशको प्रतिष्ठानभन्दा गण्डकी अब्बल रहेको उनले सुनाए ।

यहाँ बनेको पाठ्यक्रम अन्य प्रदेशका प्रशिक्षण प्रतिष्ठानले प्रयोग गरेकाले शुरुआती समयमा नै फरक खालको क्षमता प्रदर्शन गर्न सफल भएको उनको भनाइ थियो । 

प्रदेश सरकार केन्द्र सरकारसँगको अधिकारको लडाईंमा काम गरिरहे पनि प्रतिष्ठानले प्रदेशलाई चिनाउने काम गरेकामा उनले खुसी व्यक्त गरे । आगामी दिनमा अझै राम्रा काम गर्नका लाग मुख्यमन्त्री पोखरेलले सुझाव दिए ।

गण्डकीका प्रमुख सचिव रविलाल पन्थ र प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लले प्रदेशलाई चिनाउने काममा प्रतिष्ठानले पुलको काम गरिरहेको बताए । 

प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले स्थापनाको ३१ महिनामा प्रदेश र स्थानीय सरकारको पुलका रूपमा काम गरेको बताए । विषेशगरी प्रतिष्ठानले प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारीलाई तालिम दिएको उनले जानकारी दिए ।

पहिलो वर्ष चार हजार नौ सय २७ र दोस्रो वर्ष छ हजार आठ सय ८७ जना कर्मचारी तथा जनप्रतिनिधि प्रशिक्षित भएको उनले बताए । सोही अवसरमा प्रतिष्ठानले अन्तरतहसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ