arrow

रुपन्देही २ मा विष्णु पौडेलको नाम सर्वसम्मत सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २० सोमबार
bishnu-poudel.JPG

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नाम रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएको छ । 

एमाले क्षेत्रीय कमिटीको आज बसेको बैठकले पूर्व उपप्रधान एवं अर्थमन्त्री पौडेलको नाम सर्वसम्मत सिफारिस गरेको हो । 

रुपन्देही क्षेत्र २ नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलको चुनावी पकेट क्षेत्र मानिन्छ । सो क्षेत्रबाट पौडेलले ३ पटकसम्म लगातार प्रतिनिधिसभाको चुनाव जित्दै आएका छन् ।  पौडेल २०६४ सालदेखि निरन्तर यही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ