arrow

शिक्षामन्त्री बागलुङका दुई क्षेत्रबाट सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २१ मंगलबार
devendra-poudelsss.PNG

गलकोट । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङका दुई वटै निर्वाचन क्षेत्रबाट सिफारिस भएका छन् । 

बागलुङमा दुई सङ्घीय र चार प्रदेश निर्वाचन क्षेत्र रहेकोमा प्रतिनिधिसभा निर्वाचनका लागि उनी जिल्लाको दुईवटै निर्वाचन क्षेत्रबाट सिफारिस भएका हुन् । मन्त्री पौडेल गत निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। पौडेलको स्थायी घर बागलुङ क्षेत्र नम्बर १ मा पर्दछ । 

नेकपा (माओवादी केन्द्र) बागलुङका अनुसार बागलुङ क्षेत्र नम्बर १ बाट मन्त्री पौडेलसहित कृष्ण केसीको नाम प्रतिनिधिसभाका लागि सिफारिस गरिएको माओवादी केन्द्र बागलुङका जिल्ला इन्चार्ज बलावती शर्माले जानकारी दिए। 

उनका अनुसार बागलुङ क्षेत्र नम्बर २ बाट मन्त्री पौडेलसहित गण्डकी प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाको नामसमेत सिफारिस गरिएको छ । 

निर्वाचन क्षेत्रका हिसाबले क्षेत्र नम्बर २ ले र भूगोलका हिसाबले क्षेत्र नम्बर १ ले सिफारिस गरेको हो । यस्तै बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (क) का लागि दुई जनाको नाम सिफारिस गरिएको छ । 

उक्त प्रदेशसभा सदस्यका लागि यज्ञवल्लभ शर्मा र चक्रपाणी कंडेले सिफारिस भएका छन् । यस्तै बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (ख) मा कुलचन्द्र शर्माको नाम सिफारिस गरी पठाइएको जिल्ला इन्चार्ज शर्माले बताए । 

बागलुङ क्षेत्र नम्बर २ को प्रदेशसभा क र ख का लागि उम्मेदवारहरुको नाम सिफारिसका लागि छलफल भइरहेको माओवादी केन्द्र बागलुङले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ