arrow

चीनमा गयो शक्तिशाली भूकम्प, कम्तीमा ४६ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २१ मंगलबार
earthquake2.jpg

चीन । चीनमा गएको शक्तिशाली भूकम्पमा परि कम्तीमा ४६ जनाको मृत्यु भएको छ । चीनको दक्षिण पश्चिमी सिचुआन प्रान्तको लुडिङ काउन्टीमा सोमबार ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

चाइना अर्थक्वेक्स नेटवर्क्स सेन्टरका अनुसार सिचाआन प्रान्तमा स्थानीय समयअनुसार १ बजे भूकम्प गएको हो । भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ । 

भूकम्पले दूरसञ्चारका लाइन विच्छेद गर्नुका साथै पहाडमा पहिरो गएको छ । गत हप्ता सिचुआनको राजधानी चेङ्डुकाका करिब २ करोड १० लाख मानिसलाई कोभिड प्रतिबन्धका कारण घरमै बस्न आदेश दिइएको थियो ।

भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट २२६ किलोमिटर दक्षिण पश्चिममा रहेको दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहर रहेको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ । सरकारी सञ्चार माध्यम सीसीटीभीका अनुसार भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको मृत्यु भएको बताएको छ ।

भूकम्पपछि १६ जना हराइरहेका र ५० जना घाइते भएका छन् । भूकम्पले सडकमा धाजा फाटेको छ, पहाडमा पहिरो गएको छ र प्रभावित क्षेत्रका १० हजार घरमा दूरसञ्चार सेवा अवरुद्ध भएको छ ।

सिचुआन प्रान्त तिब्बतको छेउमा अवस्थित छ र भूकम्पको जोखिममा छ। यस प्रान्तमा सन् २००८ मा गएको ८.२ म्याग्निच्युडको विनाशकारी भूकम्पमा ६९ हजार मानिसको ज्यान गएको थियो । सन् २०१३ मा ७ म्याग्निच्युडको भूकम्पले यस प्रदेशमा दुई सय जनाको ज्यान गएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ