arrow

कास्कीका सीडीयो जयनारायण आचार्यको सरुवा, केसी आउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २२ बुधबार
Jayanarayan acharya.jpg

पोखरा । कास्कीका प्रमुख जिल्ला अधिकारी (सीडीयो) जयनारायण आचार्यको सरुवा भएको छ । गृह मन्त्रालयद्वारा दर्जन बढी सीडीयोको सरुवा गर्ने क्रममा कास्कीका आचार्यको पनि सरुवा गरिएको हो ।

प्रजिअ आचार्यको ललितपुरमा सरुवा गरिएको बताइएको छ । आचार्यको स्थानमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसी आउने भएका छन् । 

यसैगरी काठमाडौँका प्रजिअ गोविन्द रिजाललाई गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा राखिएको छ भने जुम्लाकी प्रजिअ विजया कुमारी प्रसाईँलाई मन्त्रालय तान्दै त्यहाँ मुकेशकुमार केसरी पठाइएको छ । 

यस्तै, दैलेख जिल्ला प्रशासनको जिम्मेवारी गोगन बहादुर हमाललाई दिइएको छ भने दैलेखका हरि प्याकुरेललाई बाँकेको सहायकमा पठाइएको छ । 

यता, बाँकेका सहायक टोपेन्द्र बहादुर केसीलाई इलाका प्रशासन कार्यालय सिमरा, पाँचथर सुरेश न्यौपानेलाई मन्त्रालय र पाँचथरमा गणेश गैरेलाई सरुवा गरिएको छ ।  

यसैगरी सङ्खुवासभाका प्रजिअ नुरहरि खतिवडालाई सप्तरी जिल्ला प्रशासन कार्यालय, सप्तरीको जनार्दन गौतमलाई उदयपुरको प्रजिअ र उदयपुरका वीरेन्द्र यादवलाई सङ्खुवासभामा सरुवा गरिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ