arrow
ADVERTISEMENT

रुसी ग्यासको मूल्य रुबल र युआनमा तिर्न चीन तयार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २२ बुधबार
russia-china-1.jpg

काठमाडौं । रुसको ऊर्जा कम्पनी गाजप्रोमले चीनलाई ग्यास आपूर्तिका लागि अमेरिकी डलरको सट्टा युआन र रुबलमा भुक्तान गर्न सम्झौता गरेको जनाएको छ । 

रुसमाथिको कडा पश्चिमी प्रतिबन्धहरूका बाबजुद बेइजिङ र मास्कोबीचको यो सम्झौता न्यानो सम्बन्धको सङ्केत हो।

'नयाँ भुक्तानी संयन्त्र पारस्परिक रूपमा लाभदायक, समय सापेक्ष, भरपर्दो र व्यावहारिक समाधान हो,' गाजप्रोमका सीईओ एलेक्सई मिलरले चीनको तेल समूह सीएनपीसीका प्रमुख दाई हौलियाङसँगको भिडियो कन्फरेन्स बैठक पछि एक वक्तव्य जारी गर्दै भनेका छन् ।

मिलरले अघि भनेका छन् यो' 'अन्य कम्पनीहरूको लागि उत्कृष्ट उदाहरण बन्नेछ।'

यस्तै मिलरले रुसी र चिनियाँ ग्यास नेटवर्कहरू जोड्ने पूर्वी ग्यास पाइपलाईनको कार्य प्रगतीको समीक्षा समेत गरेका छन् ।

यद्यपि, गाजप्रोमले डलरबाट रूबल र युआनमा भुक्तानी गर्ने प्रक्रिया कहिलेदेखि सुरु हुन्छ भन्नेबारे थप विवरण भने सार्वजनिक गरेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ