arrow
ADVERTISEMENT

पुटिनले फेरि भने - युक्रेन सरकार अवैध शासन हो, युद्धमा रुसले केही गुमाएको छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २२ बुधबार
putin- TASS HOST PHOTO AGENCY.jpg

काठमाडौं । सन् २०१४ मा सैन्य कु पछि स्थापना भएको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनी सरकार 'अवैध शासन' भएको दाबी दोहोर्‍याएका छन् । बुधबार सुदूरपूर्वी सहर भ्लादिभोस्तोकमा आयोजित आर्थिक मञ्चमा बोल्दै पुटिनले रुसले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको दाबीलाईसमेत अस्वीकार गरेका छन् ।

यस्तै उनले युक्रेनमा आफ्नो सैन्य अभियानका कारण रुसले केही नगुमाएकोसमेत प्रष्ट पारेका छन् । उनले रुसका सबै कार्यहरू देशको सार्वभौमसत्तालाई सुदृढ पार्न र पूर्वी युक्रेनको डोनबास क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई मद्दत गर्ने उद्देश्यले गरिएको बताएका छन् ।

पुटिनले भनेका छन्, 'हामीले केही गुमाएको छैनौं र केही गुमाउने छैनौं, हामीले जे प्राप्त गरेका छौं, म भन्न सक्छु कि मुख्य लाभ भनेको हाम्रो सार्वभौमसत्ताको सुदृढीकरण हो।'

यद्यपि युक्रेनमा सेना पठाउने मास्कोको निर्णयले 'विश्व र देश भित्र निश्चित ध्रुवीकरण' सिर्जना गरेको पुटिनले स्वीकार गरेका छन् ।

रुसले फेब्रुअरी २४ मा युक्रेनमा दशौं हजार सेना पठाएको थियो । जसलाई उसले आफ्नो दक्षिणी छिमेकीको सैन्य क्षमतालाई कमजोर पार्न र खतरनाक राष्ट्रवादी भनिने मानिसहरूलाई उखेल्न विशेष अपरेशन भनेको थियो ।

पश्चिमी देशहरूले रुसको दाबीलाई भूमि कब्जाको औचित्य प्रमाणित गर्ने प्रयासको रूपमा खारेज गरेका छन् । मास्कोको सैन्य हस्तक्षेपपछि पश्चिमाहरुले अनेकौं प्रतिबन्ध लगाएपछि खाद्यान्न र उर्जाको मूल्य आकाशिएको छ । 'हाम्रा सबै कार्यहरू डोनबासमा बस्ने मानिसहरूलाई मद्दत गर्ने उद्देश्यका छन्;, पुटिनले भने 'यो हाम्रो कर्तव्य हो र हामी यसलाई अन्त्यसम्म पूरा गर्नेछौं। यसले अन्ततः हाम्रो देशलाई भित्रैदेखि बलियो बनाउनेछ, साथै यसको विदेश नीतिको स्थिति पनि।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ