arrow

लिज ट्रसले बनाइन् 'गोरा' बिनाको बेलायतकै पहिलो मन्त्रिपरिषद्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २२ बुधबार
liz-truss-Kwasi Kwarteng-James Cleverly-Suella Braverman.jpg

काठमाडौं । बेलायतकी नयाँ प्रधानमन्त्री लिज ट्रसले देशको चार सबैभन्दा महत्त्वपूर्ण मन्त्री पदहरूमा पहिलो पटक गोरा जाति बिना नै पूरा गरेकी छिन् । ट्रसले सन् १९६० मा घानाबाट आएको दम्पतीको सन्ता क्वासी क्वार्टेङलाई अर्थमन्त्री नियुक्त गरेकी छिन् ।

यस्तै उनले जेम्स क्लिभरलीलाई विदेशमन्त्रीमा नियुक्त गरेकी छिन् । जेम्स क्लिभरली बेलायतको पहिलो अश्वेत विदेश मन्त्री बनेका छन् ।

क्लिभरलीकी आमा पश्चिम अफ्रिकी देश सियरा लियोनकी हुन् उनको बुबा गोरा हुन् । विगतमा मिश्रित जातको बच्चाको रूपमा दुर्व्यवहारको बारेमा बोलेका क्लिभरलीले कालो मतदाताहरूलाई आकर्षित गर्न पार्टीले अझ धेरै गर्न आवश्यक रहेको बताएका छन् ।

यस्तै ६ दशक पहिले केन्या र मरिससबाट आएका आमाबाबुकी छोरी सुएला ब्रेभरम्यान प्रिती पटेलको स्थानमा दोस्रो जातीय अल्पसंख्यक गृहमन्त्री वा आन्तरिक मन्त्रीको रूपमा नियुक्त भएकी छिन् ।

बढ्दो विविधता केही हदसम्म कन्जरभेटिभ पार्टीले हालैका वर्षहरूमा संसदका लागि उम्मेदवारहरूको थप विविध सेटहरू अगाडि बढाउनको लागि गरेको धक्काको नतिजा हो ।

बेलायती सरकारहरू केही दशक अघिसम्म धेरैजसो सेता पुरुषहरूबाट बनेका थिए। सन् २००२ मा मात्रै पहिलो पटक जातीय अल्पसंख्यकबाट पहिलो मन्त्रीका रुपमा पाउल बोटेङ अर्थमन्त्री बनेका थिए ।

बेलायत सरकारमा ग्रेट अफिसेस अफ स्टेट (राज्यका महान कार्यालयहरु) का रुपमा प्रधानमन्त्री, अर्थमन्त्री, विदेशमन्त्री र गृहमन्त्री सबैभन्दा उच्च अहोदामा रहन्छन् । मन्त्रीहरु मात्रै भन्दा अर्थमन्त्री, विदेशमन्त्री र गृहमन्त्री अन्य भन्दा माथिल्लो अहोदामा पर्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ