arrow

राष्ट्रिय ताल प्राधिकरणको कार्यकारी प्रमुखमा डा देवकोटा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २२ बुधबार
Kalpana devi devkota.jpg

पोखरा । राष्ट्रिय ताल प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिृकत डा. कल्पनादेवी देवकोटाले आज पद तथा गोपनीयताको शपथ लिएकी छन् । 

 डा. देवकोटालाई गण्डकी प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री दीपक थापाले बुधवार पद तथा गोपनीयताको सपथ गराएका हुन् । गोर्खाको पालुङ्टार स्थायी घर भएकी देवकोटाले अष्ट्रेलियाको भियनामा विद्यावारिधि गरेकी हुन् ।

गण्डकी प्रदेशको ताल संरक्षण तथा विकास प्राधिकरण ऐन २०७५ अनुसार देवकोटालाई नियुक्त गरिएको हो ।

सो ऐनमा कार्यकारी अधिकृतका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट वन तथा जलाधार व्यवस्थापन, वा प्राकृतिक स्रोत व्यवस्थापन, प्रााणीशास्त्र, वनस्पति शास्त्र वा वातावरण विषयमा स्नातकोत्तर गरी १० वर्षको अनुभव प्राप्त हुनुपर्ने वा सोही विषयमा विद्यावारिधि उपाधि हासिल गरी पाँच वर्षको अनुभव प्राप्त उम्मेद्वार हुनुपर्ने प्रावधान राखिएको छ ।

अधिकृतको पदावधि चार वर्षको रहेको छ । प्रदेश सरकारले आवश्यक ठानेमा र मुनासिव लागेमा यो पदावधि अर्को एक कार्यकालसम्म लम्बिन सक्ने ऐनमा व्यवस्था गरिएको छ ।

यस अघिका कार्यकारी अधिकृत डा. अनुप गुरुङको कार्यकाल सकिएपछि करिब एक वर्षदेखि प्राधिकरण नेतृत्वविहीन थियो । जसका कारण मन्त्रालयबाट स्वीकृत भएका कार्यक्रमहरु कार्यान्वयन गर्न कठिनाई भइरहेको थियो । कार्यकाल सकिएका गुरुङ हाल दक्षिण कोरियामा छन् ।

देवकोटालाई पद तथा गोपनीयताको सपथ पछि मन्त्री थापाले प्रदेशका ताल तथा सिमसारको संरक्षणका लागि योजनावद्ध ढंगले काम गर्न सुझाव दिए । उनले सरोकारवालाहरुसँग बलियो सम्बन्ध र समन्वय गर्दै अगाडि बढेमा सफल हुने विश्वास व्यक्त गरे ।

मन्त्रालयका सचिव बद्रिराज ढुंगानाले काम गर्नेक्रममा कतिपय प्रक्रियागत अस्पष्टता आउन सक्ने जानकारी दिँदै मासिक कार्ययोजना बनाएर काम गर्न निर्देशन दिए । 

उनले ताल तथा सिमसार संरक्षणको सवाल गम्भीर सवाल भएको हुनाले यसलाई चुनौतीपूर्ण रुपमा लिन सुझाव समेत दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ