arrow

उद्देश्य विनाको पानी जहाजका कुराले देशको विकास अपूरो : झाँक्री

logo
नारायण वली,
प्रकाशित २०७९ भदौ २३ बिहिबार
ramkumari-jhakri-2079-05-23.jpg

रुपन्देही । नेकपा समाजवादी एसकी सचिव रामकुमारी झाँक्रीले गठबन्धनको प्रक्रिया अन्य मुलुकमा पनि भएकाले सोही अनुरूप हामी अगाडि बढेकाले आगामी चुनाव नेपाली जनताका लागि ठूलो परिकल्पनाको दिन भएको बताइन् । उनले, अव दलभन्दा व्यक्ति छान्नुपर्ने र जनताको अवस्था अझै जहाँको तँही भएकाले यथेष्ट एजेण्डा बोकेर काम गर्ने जनप्रतिनिधि छान्न जनतालाई आग्रह गरिन । 

नेकपा एमालेलाई इङ्गित गर्दै उनले भनिन्, उद्देश्य विनाको पानी जहाज, रेल ल्याएर देशको विकास नहुने तर्क गर्दै, पानी जहाज–रेल चलाएर बाहिर बाट के ल्याउने र देश बाट बाहिर के पठाउने भन्ने कुराको एजेण्डा बनाउँदा सम्म पानी जहाजका बारेमा रमाइला कुरा गरेर मान्छे ओसारपसार गर्ने जस्ता एजेण्डाले विकास नहुने उल्लेख गरिन् । 

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बिहीबार बुटवलमा गरेको साक्षात्कारमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य योगेन्द्र चौधरीले ०७४ सालको निर्वाचन पश्चात् झण्डै दुई तिहाइका बहुमत हुँदा पनि सरकार सञ्चालन गर्न, देशको विकास, आम नेपालीको जिवन स्तर उकास्न नसकेर ब्याक भएको एमालेले गठबन्धन भन्दा धेरै निर्वाचन क्षेत्र जित्ने दावी, मङ्सिर ४ गते जनताले देखाई दिने बताए । 

मुलुकलाई अन्यौलता तर्फ धकेल्ने, नेतृत्वमा हुँदा देशलाई बिचैमा लगेर अप्ठ्यारोमा पार्ने जसले गर्दा ठुलो बलिदानीले ल्याएको लोकतन्त्र, संविधान, सङ्घीयता र गणतन्त्रलाई धरापमा पार्ने जुन काम गरियो त्यो कुरा हामीहरूले भनिरहनु पर्ने आवश्यक छैन, जनताहरूले थाहा पाइसकेको जनाए । 

एमालेले नागरिकता विधेयकलाई रोक्न लगाएर चुनावी एजेण्डा बनाउन खोजेको उल्लेख गर्दै नेता चौधरीले हिजो केपी शर्मा ओली नेतृत्व सरकारले ल्याएको नागरिकता विधेयक यही नै थियो । त्यसमा हामीले एउटा मात्रै नयाँ बुँदा ल्याएका हौं, कि गैरआवासिय नागरिकलाई पनि नागरिकता दिने, यो अर्थमा ल्याएका हौं कि, ती व्यक्तिहरूले पनि देशमा लगानी गर्न पाउन, जसले गर्दा राज्यको आर्थिक उन्नति होस् । अरू हुबहु रहेको स्पष्ट पारे । 

नेकपा एमालेका लुम्बिनी प्रदेश सांसद तथा सार्वजनिक लेखा समितिका सभापति विष्णु पन्थीले पछिल्लो समय चुनाव निकै खर्चिलो बन्दै गएको भन्दै निर्वाचन आयोगले निगरानी गर्नुपर्ने जनाउँदै, वडा स्तरमा करोड खर्च गरेको मेरै जिल्ला कपिलवस्तुको एउटा वडामा भएको सुने । यसमा हामीले गम्भीरता पूर्वक सोच्नुपर्ने वेला आएको बताए । 

आगामी निर्वाचनमा एमालेको अवस्था नराम्रो नभएको भन्दै, गठबन्धन सँग चुनावमा प्रतिस्पर्धात्मक सामना गर्ने दावी गर्दै, सबै राजनीतिक पार्टीहरू नयाँ सोचका साथ अगाडि बढ्नुपर्ने र पुरानै शैलीमा जाने हो भने, नेपाली जनताले पनि धेरै कुरा बुझेकाले परिवर्तन गर्न जरुरी रहेको बताए । 

नेकपा माओवादीका केन्द्रीय सदस्य विनोद पहाडीले सङ्घीयता, संविधानलाई संस्थागत गर्नका लागि ५ दलीय गठबन्धन निर्माण भएको भन्दै आगामी निर्वाचनमा एक भएर प्रतिस्पर्धी पार्टी सँग चुनावमा भिड्ने बताएका छन् ।  

पाँच दलीय गठबन्धन मध्येका पार्टीहरूले आ–आफ्ना नेताहरूको नाम सिफारिस गरेको र जसलाई क्षेत्र विभाजन गर्नका लागि बनाइएको कार्यसमितिले विना भेदभाव निर्वाचन क्षेत्र टुङ्गाउने विश्वास लिएको बताउँदै, भने मैले रुपन्देही क्षेत्र न–२ बाट प्रत्यक्ष निर्वाचन लड्नका लागि इच्छा छ, नाम पनि सिफारिसमा परेको छ, यद्यपि कार्यसमितिले मलाई चुनेमा शक्ति केन्द्र मानिने रुपन्देही क्षेत्र न–२ लाई परास्त गर्न आफू सँग धेरै योजनाहरू भएको जिकिर गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ