arrow
ADVERTISEMENT

अमेरिकी विदेशमन्त्री अचानक युक्रेनमा, थप दुई अर्ब डलरको सैन्य सहयोग घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २३ बिहिबार
antony-blinken-kyiv.jpg

काठमाडौं । संयुक्त राज्य अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार अचानक युक्रेनको भ्रमण गरेका छन् । युक्रेन र भविष्यमा रूसी आक्रमणको लागि सबैभन्दा सम्भावित जोखिममा रहेका अन्य युरोपेली देशहरूका लागि २ अर्ब डलर भन्दा बढीको ठूलो नयाँ सैन्य सहायता घोषणापछि उनले किभको भ्रमण गरेका हुन् ।

युक्रेनका लागि भारी हतियार, गोला बारुद र सशस्त्र गाडीसहित अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले बिहीबार घोषणा गरेको ६७५ मिलियन अमेरिकी प्याकेजको शीर्षकमा यो रकम उल्लेख गरिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले युक्रेन र यसका १८ छिमेकीहरू, नेटो सदस्यहरू र क्षेत्रीय सुरक्षा साझेदारहरू भविष्यमा रूसी आक्रमणको लागि सबैभन्दा सम्भावित जोखिममासमेत रहेकाले दिर्घकालीन सैन्य सहायताका रुपमा २ अर्ब अमेरिकी डलर प्रदान गर्ने घोषणा गरेको ब्लिन्केनले बताएका हुन् ।

यससँगै युक्रेनलाई बाइडेन प्रशासनले कार्यभार सम्हालेदेखि गरेको कूल अमेरिकी सहायता  १५.२ अर्ब डलर पुगेको छ । 

यसबीच उता रुसको सहयोगी बेलारुसले पोल्याण्डसँगको सीमा नजिकै सैन्य अभ्यास सुरु गरेको छ । यो अभ्यास शत्रुले अस्थायी रूपमा कब्जा गरेको क्षेत्रलाई मुक्त गर्न र सीमा क्षेत्रहरूमा पुनः नियन्त्रणमा केन्द्रित हुनेछ बेलारुसी रक्षा मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ