arrow

बेलायत शोकमा, महारानी एलिजाबेथ रहिनन् 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २४ शुक्रबार
elizabeth-ii.jpg

काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको बिहीबार राति निधन भएको छ । स्कटल्यान्डस्थित बालमोरल दरबारमा बिहीबार दिउँसो उनको निधन भएको हो । उनको निधनसँगै  बेलायत शोकमा डुबेको छ । 

महारानी एपिसोडिक मोबिलिटीको समस्यासँग सङ्घर्ष गरिरहेको बताएको थियो। उक्त रोगका बिरामीलाई उभिन र हिँड्न गाह्रो हुन्छ । उनलाई १९ फेब्रुअरी २०२२ मा कोरोना पनि भएको थियो ।

उनी सबैभन्दा लामो समय ७० वर्षदेखि बेलायतकी महारानी थिइन्। बेलायतसँगै उनी अन्य १४ वटा कमनवेल्थ देशको राष्ट्रप्रमुख हुन् ।

महारानी एलिजाबेथको निधनसँगै ७३ वर्षमा प्रिन्स चार्ल्स राजा बनेका छन्। अब राजकुमार विलियम ४० वर्षको उमेरमा बेलायती सिंहासनको उत्तराधिकारी बनेका छन् ।

रानी एलिजाबेथका पति प्रिन्स फिलिपको ९ अप्रिल २०२१ मा मृत्यु भएको थियो । रानीका चार छोराछोरीहरू छन् । प्रिन्स चार्ल्स, राजकुमारी एनी, एन्ड्र्यू र एडवर्ड, २० नातिनातिना छन्।

सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथको शासनकालमै बेलायतमा १५ जना प्रधानमन्त्री र अमेरिकामा १४ जना राष्ट्रपति परिवर्तन भएका छन् ।


 



नयाँ