arrow

इन्द्रजात्रामा बालेन र सुनिता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २४ शुक्रबार
tika3.jpg

काठमाडौं । काठमाडौंको बसन्तपुर दरबार क्षेत्रमा इन्द्रध्वजा ठड्याएसँगै सुरु भएको येँया भनिने इन्द्रजात्राको आज मुख्य दिन । ईन्द्र जात्रा शुरु गर्नुभन्दा पहिलो क्षमा पूजा गरिन्छ । 

काठमाडौं महानगरपालिका प्रमुख वालेन्द्र साह बालेन र उपप्रमुख सुनिता डंगोल पूजामा सहभागी जनाएका छन् ।  उनीहरुले शुक्रबार बसन्तपुरमा इन्द्रजात्रा शुरु गर्नुभन्दा पहिलो दिन पूजामा सहभागी भएका हुन् । उनीहरुले पुजारीको हातबाट टीका र प्रसाद पनि ग्रहण गरेसँगै कुमारी घरमा पुगेर दर्शन पनि गरेका छन् । 

८ दिनको जात्रामा विशेष कुमारी, गणेश, भैरवलगायत श्री लाखे आजू, श्री आकाश भैरव, श्री पुल्किसी आजू, श्री इन्द्रचोक आकाश भैरव, स्वेत भैरव लगायत विभिन्न देविदउताहरुको प्रदर्शन गर्ने र नाचहरु हुने र मूल जात्रा कुमारीको, गणेश र भैरवको रथ यात्रा हुनेछ । 

आज दिउँसो कुमारीको रथलाई काठमाडाैंकाे तल्लो क्षेत्र लगन, मरु, लगायतको ठाउँमा तानेर क्वःनेयाः मनाइएकाे छ  । कुमारीको रथसँगै लाखे, पुलुकिसी, लगायतका देवदेवीको नाच पनि प्रदर्शन गरिने छ ।

हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा ठड्याएपछि शुरु भएको जात्राभरि सवःभक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ