arrow

ठूला पूर्वाधार परियोजनामा लगानी बढाउन एसियाली विकास बैङ्कलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २४ शुक्रबार
chandra-dhakal-adv-team-meet.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रद्वारा प्रवर्द्धित ठूला पूर्वाधार परियोजनामा लगानी बढाउन एसियाली विकास बैङ्कलाई आग्रह गरेका छन्। शुक्रवार राजधानीमा एसियाली विकास बैङ्कका उपाध्यक्ष अशोक लाभ सासँगको भेटमा ढकालले उक्त कुरा व्यक्त गरेका हुन्।

ग्लोबल आइएमई बैङ्कका अध्यक्ष समेत रहेका ढकालले निजी क्षेत्रसँगको सहकार्यमा निजी क्षेत्रद्वारा प्रवर्द्धित पूर्वाधार विकासका ठूलाठूला परियोजनामा एसियाली विकास बैङ्कलाई लगानीका लागि आग्रह गरेका हुन्।

“मुलुकको विकासमा पूर्वाधारको महत्त्वपूर्ण भूमिका रहन्छ। यहाँहरूले यस्ता पूर्वाधारको क्षेत्रमा लगानी बढाउँदा पूर्वाधारको विकासमा सहयोग पुग्नुका साथै मुलुकको समग्र विकासमा समेत ठूलो योगदान पुग्न सक्छ। निजी क्षेत्रद्वारा प्रवर्द्धित ठूलाठूला पूर्वाधारका परियोजनामा लगानीको प्रशस्त सम्भावनाहरू छन्। श्रोतको अभावमा नेपालको निजी क्षेत्रले ठूलाठूला पर्यटन, जलविद्युत, सडक, होटेललगायतका पूर्वाधारमा लगानी गर्न सकेको छैन। यस क्षेत्रमा एसियाली विकास बैङ्कले लगानी विस्तार गर्नु पर्‍यो,” ढकालले भने।

ढकालले नेपालको बैङ्किङ क्षेत्र लगानीयोग्य पुँजीको अभावबाट गुज्रिरहेको बताउँदै यसको समाधान कालागि पनि एसियाली विकास बैङ्कको सहयोग आवश्यक रहेको बताए।

उक्त अवसरमा एसियाली विकास बैङ्कका उपाध्यक्ष लाभासले एसियाली विकास बैङ्क यसमा सकारात्मक रहेको बताउँदै नेपालको निजी क्षेत्रसँग सहकार्य गरी सम्भावना रहेका पूर्वाधारका परियोजनामा लगानी कालागि तयार रहेको बताए। भेटमा ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा एसियाली विकास बैङ्कका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ