arrow

इन्द्रजात्राको पूजामा वालेन र सुनिता (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २५ शनिबार
indra-jatra-balen-sunita-2079.jpg

काठमाडौँ। काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा इन्द्र ध्वजा ठड्याएसँगै सुरु भएको येँया भनिने इन्द्रजात्राको आज मुख्य दिन। ईन्द्र जात्रा सुरु गर्नुभन्दा पहिलो क्षमा पूजा गरिन्छ।

काठमाडौँ महानगरपालिका प्रमुख वालेन्द्र साह बालेन र उपप्रमुख सुनिता डङ्गोल पूजामा सहभागी जनाएका छन्। उनीहरूले शुक्रवार वसन्तपुरमा इन्द्रजात्रा सुरु गर्नुभन्दा पहिलो दिन पूजामा सहभागी भएका हुन्। उनीहरूले पुजारीको हातबाट टीका र प्रसाद पनि ग्रहण गरेसँगै कुमारी घरमा पुगेर दर्शन पनि गरेका छन्।

८ दिनको जात्रामा विशेष कुमारी, गणेश, भैरवलगायत श्री लाखे आजू, श्री आकाश भैरव, श्री पुल्किसी आजू, श्री इन्द्रचोक आकाश भैरव, स्वेत भैरव लगायत विभिन्न देविदउताहरूको प्रदर्शन गर्ने र नाचहरू हुने र मूल जात्रा कुमारीको, गणेश र भैरवको रथ यात्रा हुनेछ।

आज दिउँसो कुमारीको रथलाई काठमाडौँको तल्लो क्षेत्र लगन, मरु, लगायतको ठाउँमा तानेर क्वःनेयाः मनाइएको छ। कुमारीको रथसँगै लाखे, पुलुकिसी, लगायतका देवदेवीको नाच पनि प्रदर्शन गरिने छ।

हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्र ध्वजा ठड्याएपछि सुरु भएको जात्राभरि सवःभक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ