arrow

दार्चुलामा बाढी पहिरोमा परी एकको मृत्यु, आठ बेपत्ता, २३ घर बगे

logo
प्रकाशचन्द्र भट्ट,
प्रकाशित २०७९ भदौ २५ शनिबार
flood-darchula-2079-05-25.jpg

दार्चुला । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले दार्चुलामा एक जनाको मृत्यु हुनुका साथै आठ जना बेपत्ता भएका छन् । गएरातिको वर्षाले महाकाली नदी र लास्कु खोलामा बाढी आएको हो । 

बाढीले दार्चुला सदरमुकामस्थितको बाङ्गाबगरका १० घर, लास्कुका २ घर र डुङ्रीका १० घर बगाएको छ । बेपत्ता हुनेहरुमा महाकाली नगरपालिका वडा नम्बर ३ डुङरीका ५२ वर्षीय धन सिंह कार्की, ४५ वर्षीया श्रीमती मानमती कार्की, उनकै जेठो छोरा १८ वर्षीय दीपक कार्की, कान्छो छोरा १० वर्षीय दिनेश कार्की रहेका छन् । 

वडा नम्बर १ लास्कुका ४० वर्षीय सरश्वतीदेवी लोहार, उनका श्रीमान् वर्ष ४५ का मोहनराम लोहार पनि बेपत्ता भएका छन् । यस्तै जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर १ सल्लामा गएको पहिरोले १३ वर्षीय मदे ठगुन्नाको मृत्यु भएको छ भने सोही ठाउँका ३० वर्षीया किमडी ठगुन्ना बेपत्ता भएका छन् । 

सोही पालिकाको वडा नम्बर २ दल्लेखका मोहनराम पार्की पनि बेपत्ता भएका छन् । बाढीले दार्चुलामा १ मोटरेबल पुल, पक्की ४ वटा पुल २ झोलुङ्गे पुल बगाएको छ । 

बाढीको जोखिममा रहेका घरधनीहरुले सरसमान सुरक्षित स्थानमा सारिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ