arrow

पाकिस्तानमा बाढीले १८ अर्ब डलर बराबरको क्षति

logo
एजेन्सी,
प्रकाशित २०७९ भदौ २५ शनिबार
pakistan-floods-2022.jpg

इस्लामाबाद। पाकिस्तानमा अभूतपूर्व बाढीका कारण १८ अर्ब डलर मूल्य बराबरको नोक्सानी भएको छ सरकारले जनाएको छ। यसअघि बाढीबाट साढे १२ अर्ब डलर मूल्य बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको थियो।

बाढीपछि कृषिको उत्पादनमा गम्भीर असर गरेको छ। बाढीले ८ दशमबल २५ मिलियन एकडमा लगाइएको बाली नष्ट गरेको छ।  बाढीले कपास, धान र साना बालीलाई नराम्ररी क्षति पुगेको छ भने पानीको उचित व्यवस्थापन नहुँदा गहुँ उत्पादनमा गम्भीर समस्या आउन सक्ने अनुमान गरिएको छ।

पाकिस्तानमा वर्षापछिको बाढीले बाढीले एक तिहाइ भूभाग जलमग्न छ। यो बाढी एक दशकपछिकै विनाशकारी भएको जनाइएको छ। बाढी प्रभावित पाकिस्तानलाई सहयोग गर्न राष्ट्रसङ्घले आह्वान गरेको छ। अहिलेसम्म चीन, बेलायत, क्यानडालगायतका देशले सहयोग प्रदान गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ