arrow
ADVERTISEMENT

युक्रेन युद्ध: रुसको अर्को महत्वपूर्ण हार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २६ आइतबार
ukraine-russia-war-win.jpg

काठमाडौं । मास्कोले शनिबार उत्तरपूर्वी युक्रेनमा रहेको मुख्य गढ त्यागेकाे छ । युक्रेनी सेनाले द्रुत प्रगति हात पारेपछि युद्धको प्रमुख फ्रन्ट लाइनहरू मध्येको यो क्षेत्रमा रुसी सेनाको पतन भएको हो ।

गत मार्चमा राजधानी किभबाट रुसी सेना बाहिरिएयता खार्किभ प्रान्तको इजियमको यो द्रुत पतन मास्कोको दोस्रो सबैभन्दा नराम्रो हार हो ।

६ महिना पुरानो युद्धमा युक्रेनी सेनाको यो महत्वपूर्ण उपलब्धि हो । इजियम क्षेत्रमा युक्रेनी सेना अघि बढ्दा हजारौं रूसी सैनिकहरूले गोलाबारुदको भण्डार र उपकरणहरू छोडेर भागेका थिए ।

डोनेट्स्क र लुहान्स्कको छेउछाउको डोनबास क्षेत्रमा उत्तरबाट एक महिना लामो आक्रमणका बेला रूसी सेनाले इजियमलाई लडाँइका बेला रसद आधारको रूपमा प्रयोग गरेको थियो ।

रुसी राज्य सञ्चालित तास समाचार एजेन्सीले रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै डोनेट्स्कमा सेनालाई वरपरको क्षेत्र छाड्न र अन्यत्र कारबाही सुदृढ गर्न आदेश दिएको बताएको छ।

खार्किभमा रुसी प्रशासनका प्रमुखले बासिन्दाहरूलाई प्रान्त खाली गर्न र जीवन बचाउन रूसतर्फ भाग्न निर्देशन दिएको तास समाचार एजेन्सीले जनाएको छ। प्रत्यक्षदर्शीहरूले रुसी नियन्त्रित क्षेत्र छोडेर जाने मानिसहरूको कारको ट्राफिक जामसमेत भएको बताएका छन् ।

यदि रिपोर्टहरुलाई विश्वास गर्न सकिन्छ भने यो रूसको लागि गम्भीर हार हुनेछ । पश्चिमी रिपोर्टहरुले त्यहाँ ठूलो हाताहात भएको बताएका छन् भने, पश्चिमी हतियार पाइरहेको युक्रेनका लागि यो प्रोत्साहन हुनेछ ।

शनिबार आफ्नो रातको भिडियो सम्बोधनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको सशस्त्र सेनाले यस महिनाको सुरुमा सुरु भएको प्रतिआक्रमण यता करिब २,००० वर्ग किलोमिटर भूमि फिर्ता ल्याइसकेको जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ