arrow
ADVERTISEMENT

७.६ रेक्टर स्केलको भूकम्प, घर हल्लिए, सडकमा धाँजा फाटे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २७ सोमबार
earthquake-final.jpeg

पोर्ट मोर्सबाई । पपुवा न्यूगिनीमा आएको शक्तिशाली भूकम्पमा परेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ । आइतबार बिहान आएको ७ दशमलब ६ रेक्टर स्केलको भूकम्पमा धेरै घरहरु भत्किएका छन् । भूकम्पपछि केही सडक खण्डमा  धाँजा फाटेका छन् भने पहाडमा पहिरो गएको छ । 

संसद सदस्य केसी सवाङले दुर्गम पहाडी गाउँमा कम्तीमा दुई जनाको ज्यान गएको र अन्य चारजनालाई गम्भीर अवस्थामा हेलिकोप्टरबाट अस्पताल लगिएको जानकारी दिए । नजिकैको वाउमा कोरगांको एउटा खानीमा पुरिएर तीन जना कामदारको मृत्यु भएको छ ।

‘त्यहाँ व्यापक क्षति भएको छ’, केसी सवाङले भने, ‘पहिरोले घरहरू पुरिएका छन । एउटा गाउँसँगको सम्पर्क बिच्छेद भएको छ ।’ भूकम्पले गरेको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी नै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ