arrow

भूकम्पमा मृत्यु हुनेको संख्या ९३ पुग्यो, २५ अझै बेपत्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २७ सोमबार
earthquake-china1.jpg

छन्दु । चीनको दक्षिण प्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।  गत सेप्टेम्बर ५ मा गएको यस भूकम्पमा परी अझै २५ जना बेपत्ता रहेका छन् । 

उद्धार मुख्यालयका अनुसार लुडिङस्थित गान्जी प्रान्तमा ५५ जनाको मृत्यु भएको छ । आइतबार साँझ ५ बजेसम्म यान शहरमा ३८ जनाको मृत्यु भएको छ । बेपत्ता भएका मध्ये ९ जना लुडिङका र १६ जना यानको शिमियान काउन्टीका रहेका छन् । 

सेप्टेम्बर ५ का दिनमा स्थानीय समयानुसार १२ बजेर ५२ मिनेटमा लुडिङ काउन्टीभन्दा ३९ किलोमिटर टाढाको स्थललाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको ‘चाइना भूकम्प नेटवर्क सेन्टर’ले जनाएको थियो । 

भूकम्पको धक्का केन्द्रबिन्दुबाट दुई सय २६ किलोमिटर टाढा रहेको सिचुवान प्रान्तको राजधानी छन्दुमा पनि महसुस गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ