arrow

सीले पुटिन र मोदीलाई भेट्नेबारे चीनले दिएन जानकारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २८ मंगलबार
SCO-Leaders-Summit-1280.jpg

काठमाडौं । चीनको विदेश मन्त्रालयले यस हप्ता सांघाई सहयोग संगठन (एससीओ) को क्षेत्रीय सुरक्षा ब्लक शिखर सम्मेलनमा राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने नभेट्ने बारेमा कुनै जानकारी दिएको छैन ।

एसीओ शिखर सम्मेलन सेप्टेम्बर १५ देखि उज्वेकिस्तानमा हुँदैछ । मंगलबारको दैनिक समाचार ब्रिफिङमा सीको योजनाबारे परराष्ट्र मन्त्रालयलाई  प्रश्न सोधिएको थियो ।

त्यसक्रममा चिनियाँ विदेशमन्त्रालयले जवाफ नदिएको हो । केही अधिकारीहरुले सीले मोदी र पुटिनसँग पनि भेट गर्ने बताएका छन् ।

यद्यपि, यस बिषयमा आधिकारीकरुपमा कुनै जानकारी आएको छैन । सांघाई सहयोग संगठन  (एससीओ) एक यूरेसियाली राजनीतिक, आर्थिक र सुरक्षा संगठन हो ।

भौगोलिक दायरा र जनसंख्याको सन्दर्भमा यो विश्वको सबैभन्दा ठूलो क्षेत्रीय संगठन हो । जसले यूरेशियाको लगभग  ६० प्रतिशत क्षेत्र, विश्व जनसंख्याको ४० प्रतिशत र विश्वव्यापी जीडीपीको ३० प्रतिशत भन्दा बढी हिस्सा ओगटेको छ ।

चनिको बेइजिङमा प्रधान कार्यालय रहेको एससीओको स्थापना सन् २००१ मा भएको थियो । यसका सदस्य राष्ट्रहरु चीन, भारत, काजकिस्तान, किर्गिस्तान, पाकिस्तान, रुस, ताजिकिस्तान, उज्बेकिस्तान र इरान रहेका छन् ।

यस्तै अफगानिस्तान, बेलारुस र मंगोलिया पर्यवेक्षक रहेका छन् भने आर्मेनिया, अजरबैजान, कम्बोडिया, नेपाल, श्रीलंका र टर्की संवाद साझेदारका रुपमा रहेका छन् । यसको अतिथिका रुपमा आसियान, स्वतन्त्र राज्यहरूको राष्ट्रमंडल (सीआईएस), तुर्कमेनिस्तान र संयुक्त राष्ट्र संघ रहेको छ ।

सन् २००१ मा स्थापना भएदेखि एससीओले मुख्यतया क्षेत्रीय सुरक्षा मुद्दाहरू, क्षेत्रीय आतंकवाद, जातीय पृथकतावाद र धार्मिक अतिवाद विरुद्धको लडाईमा केन्द्रित छ। अहिले एससीओका प्राथमिकताहरूमा क्षेत्रीय विकास पनि समावेश छ। यस्तै सन् २००५ देखि संयुक्त राष्ट्र संघको महासभामा पनि एससीओ पर्यवेक्षकको रुपमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ