arrow
ADVERTISEMENT

अर्मेनिया-अजरबैजान द्वन्द्व: दर्जनौं सैनिक मारिए, युद्ध रोक्न रूस र इरानको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २८ मंगलबार
armenia-azzerbaijan.jpg

काठमाडौं । अर्मेनियाले अजरबैजानसँग सीमानामा भएको झडपमा आफ्ना कम्तीमा ४९ सैनिक मारिएको जनाएको छ। अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले अजरबैजानलाई जेर्मुक, गोरिस र कपन लगायतका धेरै अर्मेनियाली शहरहरूमा आक्रमण गरेको आरोप लगाएका छन् ।

अजरबैजानभित्र रहेको तर मुख्यतया जातीय अर्मेनियालीहरूले बसोबास गर्ने नागोर्नो-काराबाखको स्थितिमा वार्ता गर्न नचाहेर सोझै आक्रमण गरेको आरोप उनले लगाएका हुन् ।

'शत्रुताको तीव्रता घटेको छ तर अजरबैजानबाट एक वा दुई मोर्चामा आक्रमण जारी छ,' पाशिन्यानले संसदलाई दिएको भाषणमा भनेको रुसी मिडियाले जनाएको छ । अजरबैजानले भने अर्मेनियाले आक्रमण गरेको बताएको छ ।

इरानले अर्मेनिया र अजरबैजानलाई संयमता अपनाउन आग्रह गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले इरानले दुई देशबीचको विवादको शान्तिपूर्ण समाधानको लागि आह्वान गरिरहेको बताएका छन् ।

यस्तै रुसले पनि अर्मेनिया र अजरबैजानलाई युद्ध बन्द गर्न र युद्धविराम सम्झौता पालना गर्न आह्वान गरेको छ।

एक विज्ञप्ति जारी गर्दै रुसको विदेश मन्त्रालयले मंगलबार आफूले युद्धविरामको मध्यस्थता गरेको बताउँदै दुवै पक्षले सम्झौताका सर्तहरू पूरा गर्ने आशा गरेको बताएको छ ।

अर्मेनिया र अजरबैजान दशकौं पुरानो विवादमा छन् । अजरबैजान भित्र पर्ने नागोर्नो-काराबाख क्षेत्रमा जातीय अर्मेनियालीले अर्मेनियाली सेनाको मद्दतमा १९९४ देखि नियन्त्रण गर्दै आएको छ ।

तर, सन् २०२० चएको केही सातामै ६ हजार ५ सय भन्दा बढी मारिएको युद्धमा अजरबैजानले एन्क्लेभ र वरपरका क्षेत्रहरू सफलतापूर्वक नियन्त्रण जमाएको थियो ।

अर्मेनियामा सैन्य आधार रहेको रुसले त्यस वर्षको नोभेम्बरमा शान्ति सम्झौताको मध्यस्थता गर्दै जातीय अर्मेनियालीहरूको बाहुल्य रहेको क्षेत्रमा लगभग २,००० शान्ति सैनिकहरू खटाएपछि युद्ध समाप्त भएको थियो । तर दुवै पक्षले एकअर्कालाई सम्झौताको नियमित उल्लंघन गरेको आरोप लगाउँदै आएका छन्।

तथापि अहिले अर्मेनिया र रुसले अजरबैजानसँगको अर्मेनियाको सीमानामा रातभरको घातक झडपपछि स्थितिलाई स्थिर बनाउन संयुक्त कदम चाल्न सहमत भएको येरेभान (अर्मेनियाको राजधानी) का अधिकारीहरूले बताएका छन् ।

अर्मेनियाका रक्षामन्त्री सुरेन पापिक्यानले मंगलबार आफ्ना समकक्षी सर्गेई शोइगुसँग कुरा गरेको र उनीहरू दुवैले स्थितिलाई स्थिर बनाउन आवश्यक कदम चाल्न सहमत भएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ