- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारती प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्ने भएका छन् ।
साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनको क्रममा रुसी राष्ट्रपति पुटिनसँग प्रधानमन्त्री मोदीको द्विपक्षीय भेट लगभग तय भइसकेको छ ।
रुस युक्रेन युद्धपछि रुसी राष्ट्रपति र मोदीबीचको यो पहिलो भेटवार्ता हुन लागेको बताइएको छ । सङ्कट सुरु भएपछि दुई नेताले फोन वार्ता भने गरेका थिए ।
रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच पनि एससीओ शिखर सम्मेलनको क्रममा भेट हुने सम्भावना छ ।