arrow

युक्रेनका राष्ट्रपति जेलेन्स्की चढेको कार दुर्घटना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३० बिहिबार
zelensky-car-ukraine.jpg

काठमाडौं। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की चढेको कार बुधबार कीभमा दुर्घटनामा परेको छ । दुर्घटनामा जेलेन्स्कीलाई कुनै गम्भीर चोट नलागेको बताइएको छ । उनका चालकलाई भने जेलेन्स्कीसँगै आएका चिकित्सकहरूले आपत्कालीन सहायता दिएर एम्बुलेन्समा लगेको बताइएको छ ।

राष्ट्रपतिका प्रेस सचिवद्वारा जारी विज्ञप्तिमा 'युक्रेनका राष्ट्रपतिको कार र एस्कर्ट गाडीसँग ठोक्किएको' उल्लेख गरिएको छ।'राष्ट्रपतिलाई डाक्टरले जाँच गरे, कुनै गम्भीर चोटपटक भेटिएन,' विज्ञप्तिमा अघि भनिएको छ ।

अधिकारीहरूले घटनाको परिस्थितिको अनुसन्धान गरिरहेका छन्। यसअघि बुधबार जेलेन्स्कीले खार्किभको उत्तर पूर्वी क्षेत्रमा भर्खरै युक्रेनको नियन्त्रणमा ल्याइएको इजियमको भ्रमण गरेका थिए ।

सेनाको एक इकाईको फेसबुक पेजमा फोटोहरूमा जेलेन्स्की शहरको प्रशासनिक भवनमा युक्रेनी झण्डा फहराउनको लागि मुख्य चोकमा आयोजित समारोहमा उपस्थित भएको देखाइएको थियो। उनीसँगै रक्षा उपमन्त्री हन्ना मलियार पनि उपस्थित थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ