arrow
ADVERTISEMENT

जलवायु परिवर्तनसँग लड्न अमेरिकी अर्बपतिले दान गरे आफ्नो पूरै कम्पनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३० बिहिबार
chouinard-the-founder-of-outdoor-retailer-patagonia.jpg

काठमाडौं । आउटडोर कपडाको खुद्रा बिक्रेता अमेरिकी कम्पनी पाटागोनियाका संस्थापक इभोन चौइनार्डले जलवायु परिवर्तनसँग लड्का लागि आफुले करिब ५० वर्षअघि शुरु गरेको पूरै कम्पनी दान गरेका छन् ।

कम्पनीको सबै कर्पोरेट राजस्व जलवायु संकट विरुद्ध लड्न, जैवविविधता संरक्षण र जंगली भूमि संरक्षण गर्न काम गर्ने पहल र समूहहरूलाई दान गरिने भएको हो । चौइनार्डसँगै उनकी श्रीमती र दुई बच्चाहरूले पनि कपडा कम्पनीको आफ्नो हिस्सेदारी दान गरिरहेका छन् ।

न्यूयोर्क टाइम्सका अनुसार कम्पनी करिब ३ अर्ब डलर मूल्यको रहेको छ । पृथ्वी नै अब हाम्रो एक मात्र सेयरहोल्डर हो भन्ने नाराका साथ चौइनर्डले आफ्नो निर्णयको व्याख्या गर्दै एउटा वक्तव्य लेखेका छन् । उक्त वक्तव्य बुधबार पाटागोनिया कम्पनीको वेबसाइटमा राखिएको थियो ।

जलवायु परिवर्तनको गम्भीरताको व्याख्या गर्दै उनले यदि हामीसँग एउटा फस्टाउने ग्रहको आशा छ भने जे जे गर्न सकिन्छ त्यो गर्नु पर्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ