arrow
ADVERTISEMENT

एमालेसँग सिटको बार्गेनिङमा लागेपछि माओवादीप्रतिको विश्वास गुम्दै, जनाधार ओरालोतर्फ

logo
एजेन्सी,
प्रकाशित २०७९ भदौ ३० बिहिबार
uml-maoist.jpg
फाइल तस्बिर

काठमाडौँ। सत्ता गठबन्धनमा सिट बाँडफाँटको कामलाई भाँडेर नेकपा माओवादी केन्द्र नेकपा एमालेसँग बार्गेनिङमा लागेको छ। नेपाली काँग्रेससँग ६० सिट पाउनुपर्ने अडान राखेको माओवादीले नेकपा एमालेसँग ७० सिट मागिरहेको छ।

२०७४ को निर्वाचनमा पनि काँग्रेसलाई धोका दिएर नेकपा एमालेसँग तालमेल गरेको माओवादीलाई ओलीले धोका दिएपछि फेरि काँग्रेससँग मिलेको थियो। अहिले २०७९ को निर्वाचनमा पनि फेरि काँग्रेसलाई धोका दिने रणनीति माओवादीले बनाएको छ। 

माओवादीको यस्तो योजनामा चिनियाँ दबाबसमेत रहेको पाइएको छ। आगामी निर्वाचनपछि बन्ने सरकारले बीआरआई अघि बढाउनुपर्ने भएका कारण काँग्रेसलाई सत्ताबाहिर राख्न चीन लागिपरेको छ। यसका लागि चीनले कसरत सुरु गरिसकेको छ। 

तर, आफू कमजोर भएपछि बार्गेनिङ गर्दै शक्तिमा पुग्ने माओवादीको खेलप्रति यस पटक भने जनता सजग भएका छन्। स्वतन्त्रहरूको लकरबाट पनि माओवादी त्रसित बन्दै गएको छ। 

सत्ता र शक्तिका लागि जे पनि गर्न तयार रहेको भन्दै माओवादीभित्रै पनि असन्तुष्टिहरू बढ्दै गएपछि पार्टीको जलाधार पनि ओरालोतर्फ लागेको छ। 

नेकपा एमालेले पनि सत्ता गठबन्धन तोड्न हर सम्भव प्रयास भइरहेको छ। बुटवलको एक होटेलमा भएको भेटमा उपाध्यक्ष पौडेलले सहभागीलाई निराश नहुन भन्दै एमाले र माओवादी एक भएर अघि बढ्ने सम्भावना अझै रहेको बताएका थिए।

सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्दा माओवादीसहितका दललाई प्रत्यक्षतर्फका आधा दिने र बाँकी काँग्रेसले राख्ने लगभग सहमति जुटेको छ। १६५  सिटमध्ये आधा काँग्रेसले राख्ने र बाँकी आधा अन्य दलले भाग लगाउने सहमति भए पनि नयाँ समस्या उत्पन्न भएको छ।काँग्रेस इतरका दलमा सिट कम भएको भन्दै नयाँ विवाद देखिएको छ।

एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले २५-२५ सिटमा दाबी गरेका छन्। दुई दललाई पचास सिट दिँदा माओवादीको भागमा ३० भन्दा केही बढी सिट मात्रै पर्ने देखिन्छ। जसका लागी माओवादी तयार हुने सम्भावना नभएपछि सहमति जुट्न सकेको छैन।

यहीबिचमा जसपा अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि समानान्तर रूपमा छलफल गरिरहेको सूचना गठबन्धन दलमा पुगेको छ। यादवलाई सकेसम्म गठबन्धनमा टिकाउने नत्र लोकतान्त्रिक समाजवादी पार्टी लोसपालाई भित्र्याउनेबारे पनि छलफल चलिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ