arrow

कांग्रेस महामन्त्री गगन थापालाई डेंगी संक्रमण 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३१ शुक्रबार
gagan-thapa-pm-appeal.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई डेंगी संक्रमण भएको छ । उनी एक्कासी बिरामी भएपछि परीक्षण गर्ने क्रममा डेंगी संक्रमण पाइएको हो । 

उनलाई १०४ डिग्री ज्वरो आएको थियो । पछिल्लो समय नेता तथा कार्यकर्ताको भेटमा निकै व्यस्त रहेका थापा बढी नै धपेडीमा थिए । जिल्ला जिल्लाबाट आएका उम्मेदवारका आकांक्षीहरु उनको घरमै लाइन लागेर उनीसँग आफ्ना विचार राख्दै आएका थिए । 

त्यतिमात्र होइन थापा आफू आफ्नो उम्मेदवारी क्षेत्र काठमाडौं क्षेत्र नम्बर ४ का विभिन्न क्षेत्रमा जानुका साथै अन्य राजनीतिक भेटघाटमासमेत सक्रिय थिए । 

तर अचानक शरीर दुख्ने र ज्वरो आउने भएसँगै उनको स्वास्थ्य परीक्षण गर्दा डेंगी देखिएको हो । अब केही दिन उनी आराम गर्नेछन् भने कुनै भेटघाट नहुने उनको सचिवालयले जनाएको छ । 

पारिवारिक स्रोतका अनुसार उनलाई गएराति पनि १०३/४ ज्वरो आएको छ । चिकित्सकको सल्लाहअनुसार औषधि लिँदै उनी निवासमै आराम गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ