arrow

रुस-युक्रेन युद्धको बीच पुटिन हत्याको प्रयास, सुरक्षाकर्मी कारबाहीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३१ शुक्रबार
putin.jpg.jpeg

काठमाडौं । रुस युक्रेन युद्धको बीचमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि हमलाको घटना सार्वजनिक भएको छ । सो आक्रमणबाट पुटिन बच्न सफल भएका छन् । यद्यपि रुसी अधिकारीले घटनाको आधिकारिक पुष्टि गरेका छैनन् । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पुटिनको लिमोसिन कार नजिकै बम प्रहार गरिएको थियो ।  पुटिन आफ्नो लिमोसिन कारमा घर फर्कँदै गरेको समय आक्रमण भएको हो  ।

पुटिनको कारलाई ५ वटा गाडीले सुरक्षा दिइरहेका थिए ।  पहिलो गाडीलाई एम्बुलेन्सले रोकेको थियो । पुटिन तेस्रो कारमा बसेका थिए । उनको कारको बायाँ टायर नजिकै ठूलो आवाजमा विस्फोट भयो र धुवाँ निस्कन थाल्यो । उनका सुरक्षा गार्डहरू तुरुन्तै सक्रिय भए र पुटिनलाई सुरक्षित रूपमा अर्को ठाउँमा लगेका थिए ।

युक्रेनी अधिकारीले दुई महिनाअघि मे महिनामा पुटिनको हत्या गर्ने प्रयास भएको दाबी गरेका थिए। युक्रेनको गुप्तचर निर्देशनालयका प्रमुख किरिलो बुडानोभले दुई महिनाअघि पुटिनलाई मार्ने प्रयास असफल भएको बताएका छन् ।

रुसी टेलिग्राम च्यानलका अनुसार पुटिनको पहिलो कार रोक्ने एम्बुलेन्सका चालक मृत फेला परेका थिए । उनको शव भेटिएको छ । त्यही क्रममा पुटिनलाई एस्कर्ट गर्ने पहिलो कारमा उपस्थित ३ जना बेपत्ता भएका थिए ।

घटनासँगै पुटिनका हेड अङ्गगार्डलगायत धेरै गार्डलाई निलम्बन र हिरासतमा राखिएको दाबी गरिएको छ । 



नयाँ