arrow

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक रनिङ ट्रफी, प्रधानमन्त्री देउवाले गरे सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३१ शुक्रबार
national-games-running-trophy-2079.jpg

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान औपचारिक कार्यक्रमको आयोजना गरेर ट्रफी सार्वजनिक गरिएको हो । ट्रफी सार्वजनिक कार्यक्रममा
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक, पर्यटन मन्त्री तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद
राखेपका सदस्य सचिव टंकलाल घिसिङ लगायतको सहभागीता रहेको थियो ।

सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो । करिब १० लाख रुपैयाँ खर्च गरेर राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाइएको हो । ट्रफीका डिजाइनर नेपाल ओलम्पिक कमिटीका महासचिवसमेत रहेका निलेन्द्रराज श्रेष्ठ हुन् । यस्तै ट्रफीलाई श्याम तुलाधारले बनाएका हुन् । 

ट्रफीमा ५ केजी चाँदी र दुई तोला सुनको प्रयोग गरिएको छ । लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रुपमा विजेता ट्रफी आफूसँग राख्न पाउनेछ ।

अब नवौंको रनिङ ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागीय टोलीमा पुर्याइने छ । राखेपले ओलम्पियन एवं दक्षिण एसियाली खेलकुदका कीर्तिमानधारी दीपक विष्टको संयोजकत्वमा पाँच सदस्यीय ट्रफी टुर कार्यदल गठन गरेको छ ।

कार्यदलमा क्रिकेटका पूर्व कप्तान पारस खड्का, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं साग पदकधारी दीपक श्रेष्ठ, महिला
भलिबल कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राई सदस्य रहेका छन् ।

असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुने प्रतियोगितामा सात प्रदेश, तीन विभाग र एक एनआरएनए गरी ११ टिमले सहभागीता जनाउने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ