arrow

बेलायती प्रधानमन्त्री ट्रस र बाइडेनबीच भेटवार्ता हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३१ शुक्रबार
joe-biden-liz-truss.jpg

काठमाडौं । बेलायती प्रधानमन्त्री लिज ट्रसले महारानी एलिजाबेथ द्धितीयाको अन्त्येष्टि अघि अनौपचारिक बैठकको रुपमा आइतबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँग आफ्नो डाउनिंग स्ट्रीट कार्यालयमा भेट गर्ने भएकी छिन् ।

शुक्रबार उनका प्रवक्ताले ट्रसले आइतबार आइरिस, क्यानाडा र पोल्याण्डका लिडरसँग पनि भेट गर्ने बताएका छन् । ट्रसले शनिबार अष्ट्रेलिया र न्यूजिल्याण्डका प्रधानमन्त्रीसँग पनि भेट गर्ने बताइएको छ ।

अमेरिकी राष्ट्रपति राष्ट्रपति बाइडेन सोमबार हुने बेलायतकी दिवंगत महारानी एलिजाबेथको राजकीय अन्त्येष्टिको लागि लन्डन जाँदैछन् । 

आइतबार साँझ बकिंघम प्यालेसमा राजा चार्ल्स तृतीयद्वारा आयोजित विश्व नेताहरूको स्वागत समारोहमा उनले भाग लिने अपेक्षा गरिएको छ।

तर त्यो कार्यक्रम अघि अमेरिकी राष्ट्रपतिले बेलायतकी राष्ट्रपति ट्रसलाई डाउनिङ स्ट्रिटमा भेट्ने भएका हुन् । यद्यपि बैठकको एजेन्डाको रूपरेखा भने सार्वजनिक गरिएको छ ।

ट्रससँग भेट गर्ने तय भएका ६ राष्ट्रपति र प्रधानमन्त्रीमध्ये बाइडेन एक हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ