arrow

दोदा नदीको बाढी पस्दा पुनर्वासका दुई गाउँका एक सय ४३ घर डुबानमा 

logo
दीपेन्द्र बस्नेत,  
प्रकाशित २०७९ असोज १ शनिबार
duban-kanchanpur-punarbas.jpg

कञ्चनपुर । तीन दिनदेखिको अबिरल वर्षाका कारण दोदा नदीको बाढी गाउँमा पस्दा पुनर्वासका सिमरी र रातोखाली डुबानमा परेको छ । शनिबार बिहान साढे ९ बजेतिर गाउँमा दोदा नदीको बाढी पसेपछि पुनर्वास नगरपालिका ५ स्थित सिमरी र रातोखाली गाउँका घरहरु डुबानमा परेका छन् । 

बिहान गाउँमा पसेको बाढीले पुनर्वास ५ स्थित सिमरी र रातोखालीका १४३ घर डुबानमा परेका छन् । बाढी ग्रस्त उक्त गाउँका पीडितहरुको उद्धार नेपाल प्रहरी, सशस्त्र प्रहरीका जवानहरुसँगै स्थानीय खटेका छन् ।

बाढीबाट पुगेको क्षतिको विवरण नआइसकेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेश राज मल्लले बताए । नगरपालिकाले पीडितहरुलाई तत्काल राहतका लागि खाद्य सामाग्रीका साथै उद्धार सामाग्री उपलब्ध गराइएको बाढीले डुबान बनेको उक्त क्षेत्रको अनुगमनमा पुगेका पुनर्वास नगरपालिकाका मेयर तोयप्रसाद शर्माले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ