arrow

चाडपर्वलाई लक्षित गरी खाद्य कम्पनी दियो चामल तथा दालमा छुट

logo
नृपेन्द्रबहादुर मल्ल, 
प्रकाशित २०७९ असोज १ शनिबार
sasto-khadya-2079-dashain.jpg

मुगु । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजबाट छुट मल्यमा चामल तथा दाल बिक्री गर्न शुरु गरेको छ । आउँदै गरेका नेपालीहरुका चाडबाड दशैं, तिहार र छड पर्वलाई लक्षित गदै कम्पनीले चामल तथा दालमा प्रति किलो ७ रुपयाँका दरले छुट दिइ बिक्री गर्न शुरु गरेको हो ।

कम्पनीको मुगु शाखामा शनिबार प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले सुपथ मुल्य पसलको उद्घाटन गर्दै छुट मुल्यमा चामल तथा दाल बिक्री गर्न शुरु गरिएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रजिअ महतले सरकारले चाडपर्वमा कोही नेपालीले खाद्यान्न नपाएर खल्लो पर्व मनाउनु नपरोस् र सबैले खुशी र हर्षोल्लासका साथ मनाइयोस् भन्ने उदेश्यले सदा झै यो वर्ष पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले  आफना सेवामा छुट दिएकाले यसको भरपुर फाइदा लिन स्थानीयहरुलाई आग्रह गरे । 

उनले भने, ‘कम्पनीले सहुलियतमा खाद्यान्न मात्र वितरण नगरेर बजारमा हुने मुल्य वृद्घि नियन्त्रण गर्न सहयोग पुर्याउनुका साथै धनीले मात्र महंगो चामल बजार किनेर खान पाउने गरिबले पैसाको अभावमा किन्न नसक्ने बीचको दूरीसमेत मेटाएको छ ।’

कम्पनीले मुगुमा ६ प्रकारका चामल र १ प्रकारको दाल बिक्री गर्नेछ । चाडपर्वलाई लक्षित गरी मुगु शाखाले १५ सय क्विन्टल चामल सहुलियत मुल्यमा बिक्री गर्ने र शनिबारबाट बिक्री शुरु गरेको कम्पनीले कात्र्तिक १५ गतेसम्म सहुलियत मुल्यमा छुट दिने मुगु शाखाका कार्यालय प्रमुख पुस्कर भामले जानकारी गराए ।

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महतले सेवाग्राही छायाँनाथ रारा नगरपालिका वडा नं ५ ताल्चका अछामपुरा कामी र वडा नं ४ का अक्कल रावललाई छुट मुल्यका चामल वितरण गरेका थिए ।  

सेवाग्राहीहरुले आफ्नो नागरिकताको प्रतिलिपी लिएर आएमा प्रति व्यक्ति ५० केजी चामल र दाल पाउने छन् । उद्घाटन कार्यक्रममा प्रजिअका साथै निवर्तमान समन्वय प्रमुख पूर्णबहादुर रोकाया, प्रहरी नायव उपरीक्षक सुवास हमाल, सशस्त्र प्रहरी नायव निरीक्षक डम्बर राना, अनुसन्धान अधिकृत तिलक केसी, उद्योग बाणिज्य संघ मुगुका प्रथम उपाध्यक्ष रत्नसिंग मल्ल, पत्रकार महासंंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्रबहादुर मल्ल र संचारकर्मी खडुक सुनारको उपस्थिति रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ