- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आइतबार पृथ्वीको नजिक भएर एक विशाल क्षुद्रग्रह जादैछ । नासाका अनुसार ‘२००५ आरएक्स३’ नामको क्षुद्रग्रह ६२ हजार ८२० किलोमिटर प्रतिघण्टाको गतिमा पृथ्वी तर्फ बढिरहेको छ ।
स्पेस एजेन्सीका अनुसार यो क्षुद्रग्रह करिब १७ वर्षअघि (२००५ मा) पृथ्वीको नजिकबाट गएको थियो। त्यसयता नासाको जेट प्रोपल्सन ल्याबोरेटरीले यसमा निगरानी गरिरहेको छ ।
नासाका अनुसार 'आरएक्स३' अर्को मार्च २०३६ मा पृथ्वीको नजिकबाट गुज्रनेछ। यो महिना एक हप्तामा चार क्षुद्रग्रह पृथ्वीको नजिक आउने नासाले चेतावनी जारी गरेको छ । यसै मध्ये एक '२००५ आरएक्स३' हो।