arrow

ह्वाइट हाउसले भन्यो- बाइडेन र ट्रसको भेट राष्ट्र संघको महासभामा हुन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २ आइतबार
joe-biden-liz-truss.jpg

काठमाडौं । ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतकी प्रधानमन्त्री लिज ट्रसबीच न्यूयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभाकाबीच बुधबार द्धिपक्षीय भेटवार्ता हुने जानकारी दिएको छ ।

संयुक्त राष्ट्र संघको ७७ औं महासभा मंगलबार १३ सेप्टेम्बरदेखि शुरु भएको छ । महासभामा २० सेप्टेम्बरदेखि २६ सेप्टेम्बरसम्म उच्च स्तरीय बहस चल्नेछ ।

ह्वाइट हाउसको प्रेस कार्यालयका अनुसार बाइडेनले बुधबार महासभाकै क्रममा ट्रससँग द्विपक्षीय भेट गर्नेछन् ।

यसअघि ट्रसले रानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिको लागि युनाइटेड किंगडम (यूके) को यात्राको क्रममा बाइडेनलाई भेट्ने योजना रहेको थियो, तर उक्त योजना स्थगित भएको छ ।

ब्रेक्सिट प्रक्रियाले उत्तरी आयरल्यान्ड र रिपब्लिक अफ आयरल्याण्डको बीचको सीमामा नयाँ बाधाहरू लागू गर्नबाट जोगिने बाइडेनको सार्वजनिक हटपछि ह्वाइट हाउस ट्रससँगको उनको बैठकको बारेमा गैर प्रतिबद्ध रहेको रिपोर्टहरु आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ