arrow

दाग नमेटिँदै चोलेन्द्रलाई सर्वोच्च जान हतार, निवासबाटै निस्किन रोक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २ आइतबार
cholendra-shamsher-jabara-2079-05-16.jpg
तस्बिर – फाइल ।

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बालुवाटारस्थित निवासबाट निस्किन दिइएको छैन । आइतबार सर्वोच्च अदालत जाने बताएपछि रोक्न बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर जबरालाई निवासबाट निस्कन रोक लगाइएको हो । 

जबरा सर्वोच्च फर्कने तयारी गरेपछि उननलाई रोक्न बार एसोसिएसनका पदाधिकारी र सदस्यहरु अदालत परिसरमा धर्ना दिएका छन् भने बाक्लो रुपमा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ । 

शनिबार मध्यरातबाट आफूविरुद्ध महाभियोग प्रस्ताव ल्याएको सांसदको कार्यालय नै सकिएपछि जबरा आइतबार सर्वोच्च अदालत आउने बताएका थिए । 

जबरााविरुद्ध १ फागुन २०७८मा महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको थियो। दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए ।

महाभियोगबारे प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले छानबिन गरेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ । समितिको बहुमतले जबराविरुद्ध महाभियोग लगाउन सिफारिस गर्दै शनिबार प्रतिवेदन बुझाएको थियो । 

जबराले भने आफूविरुद्धको दाग नमेटिँदै संसदको कार्यकाल सकिएको भन्दै आइतबारदेखि सर्वोच्चमा जाने बताएका थिए । महाभियोग लगाउन खोज्ने संसदै नभएपछि आफू लायक रहेको उनको दाबी हो । यसमा विज्ञहरुको राय बाझिएको छ । 

कसैले संसदै नरहेपछि जबरा चोखिएको बताइरहेका छन् भने कसैले महाभियोग नटुंगिएको भन्दै उनी निलम्बनमै रहने बताएका छन् । 

हिजोमात्रै समितिले महाभियोग लगाउनु पर्ने ९ वटा कारण खोलेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ