arrow

बाइडेनले फेरि भने- अमेरिकी सेनाले ताइवानलाई चिनियाँ आक्रमणबाट बचाउनेछ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३ सोमबार
joe-biden-japan-korea-visit.PNG

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले फेरि पनि चीनले आक्रमण गरेमा अमेरिकी सेनाले ताइवानको रक्षा गर्ने घोषणा गरेका छन् ।

एक टेलिभिजन अन्तर्वार्तामा यदि चीनले आक्रमण गरे अमेरिकी सेनाले स्वशासित टापुको रक्षा गर्नेछ कि भनेर सोध्दा, बाइडेनले यदि त्यहाँ 'अभूतपूर्व आक्रमण भयो' भने अमेरिकी सेनाले रक्षा गर्ने बताएका हुन् ।

थप स्पष्ट गर्न सोध्दा बाइडेनले अमेरिकी सेना ताइवानको रक्षामा आउने बताएका छन् । अहिले युक्रेनयुद्धमा भने अमेरिकाले युक्रेनलाई सैन्य हतियारको मात्रै सहयोग गरिरहेको छ ।

बाइडेनका टिप्पणीहरूले सन् १९७९ को ताइवान सम्बन्ध ऐनमा ताइवानप्रतिको अमेरिकी नीतिमा प्रश्न उठाएको छ । त्यतिबेलको सन्धीले ताइपेईलाई आफ्नो रक्षा गर्न मद्दत गर्ने भनिए पनि सेना उपलब्ध गराउने वा आफै द्धन्द्धमा सामेल हुनबाट अमेरिकालाई राकेको छ ।

तथापि, बाइडेनले यसअघि र यो दोस्रो पटक अमेरिकी सेना ताइवानको बचाउमा जाने टिप्पणी गरेका छन् । यस बिषयमा चिनियाँ प्रतिक्रिया कस्तो आउँछ भन्ने हेर्न बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ