arrow

जनमोर्चाले बुझायो उम्मेदवारको बन्दसूची

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३ सोमबार
rastriya_janamorcha.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय जनमोर्चाले आसन्न निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । निर्वाचन आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ । 

अन्तिम दिन सोमबार राष्ट्रिय जनमोर्चाले समानुपातिक उम्मेदवारहरुको सूची बुझाएको हो । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा १६५ सिटका लागि निर्वाचन हुनेछ भने समानुपातिक तर्फ ११० सिट रहेको छ । राष्ट्रिय जनमोर्चाले ११० सिटमै उम्मेदवारको नाम पठाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ