arrow
ADVERTISEMENT

केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद कुमार दुगड “प्रबल जनसेवाश्री” बाट सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३ सोमबार
kl-kumud-kumar-dugad.jpg

काठमाडौँ। केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक, समाजसेवी एवम् उद्योग व्यवसायी कुमुद कुमार दुगडलाई “प्रबल जनसेवाश्री” पदकबाट विभूषित गरिने घोषणा भएको छ। देशको सामाजिक, आर्थिक लगायत मुलुकको समग्र औद्योगिक, व्यावसायिक क्षेत्रको विकासमा उनले पुर्‍याउँदै आएका योगदानको कद्दर स्वरूप संविधान दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट उहाँलाई “प्रबल जनसेवाश्री” पदकबाट विभूषित गरिने भएको हो।

निज दुगडको अग्रसरतामा कृषिलाई व्यवसायीकरण र औद्योगीकरण गर्नेतर्फ कृषकहरूलाई अभिप्रेरित गरी कृषिजन्य उद्योग व्यवसायमा विशिष्ट योगदान पुर्‍याउँदै उपभोक्ताहरूको स्वास्थ्य सुरक्षाको हक–हित र अधिकारको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै स्थानीय कच्चा –पदार्थमा आधारित उद्योग तथा कृषिजन्य उद्योग व्यवसायको विकास र विस्तार गर्दै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ