arrow

युक्रेन संकट र विश्वव्यापी भोकमरीबीच राष्ट्रसंघको महासभा औपचारिक रूपमा शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ४ मंगलबार
umga-united-nations-general-assembly.jpg

काठमाडौं । संयुक्त राष्ट्र संघको ७७ औं महासभा मंगलबार औपचारिक रूपमा शुरु भएको छ । कोरोना भाइरसको महामारीपछि अहिले भौतिक उपस्थितिमै ७७ औं महासभा शुरु भएको हो ।

युक्रेनयुद्ध चलिरहेका बेला विभिन्न करिब १५० देशका नेताहरु एक साता न्युयोर्कमा रहनेछन् । सबैले व्यक्तिगत रुपमै उपस्थित हुनु पर्ने भए पनि युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई अहिले युद्धको नेतृत्व गरिरहेका कारण छुट दिइएको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले शिखर सम्मेलनअघि बोल्दै भनेका विश्वको विभाजन कम्तीमा शीतयुद्धदेखि नै फराकिलो भएको बताएका थिए ।

'हाम्रो संसार युद्धले त्रसित छ, जलवायु अराजकताले त्रसित छ, घृणाले ग्रस्त छ र गरिबी, भोक र असमानताले लज्जित छ,' गुटरेसले भनेका थिए ।

विभाजन गहिरिदै र विश्वास पातलो हुँदै जाँदा हामी सबै समाधानका लागि एक साथ आउन आवश्यक रहेको उनले भनेका छन् ।

यसअघिका दुई वर्षमा महासभामा विश्वका नेताहरुलाई भिडियो पठाएर सम्बोधन गरेका थिए । जेलेन्स्कीलाई भिडियो मार्फत बोल्न दिन महासभाले शुक्रबार मतदान गरेको छ। रुससहित सात राष्ट्रले यसको विपक्षमा मतदान गरेका थिए ।

उनीहरुले जेलेन्स्की झैं भिडियोमार्फत बोल्ने अघिकार त्यहाँ उपस्थित हुन नसक्ने अन्य विश्व नेताहरु जस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङलगायतलाई दिनु पर्ने माग राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ